Logo

नेपालले इरानको सामना गर्ने



काठमाडौँ, २२ कात्तिक । एएफसी १९ वर्षमुनि (यु–१९) च्यापिम्पयनसिप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज इरानको सामना गर्दैछ । इरानको तेहरानस्थित पिएएस रङ्गशालामा हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ घरेलु टोली इरानको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार राति ८ बजे शुरु हुनेछ ।

छनोटको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यु–१९) सँग ४–० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै इरानले भने आफ्नो पहिलो खेलमा किर्गीस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

आज नै हुने अर्को खेलमा युएई र किर्गीस्तान भिड्नेछन् । नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा युएई, कीर्गिस्तान र आयोजक इरान छन् ।

अङ्क तालिकामा तीन अङ्क जोडेको इरान शीर्ष स्थानमा छ भने समान तीन अङ्क नै बनाएको युएई गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । यस्तै नेपाल र किर्गीस्तान भने अङ्कविहीन रहँदै तेस्रो र चौथो स्थानमा छन् । प्रतियोगिताको अन्तिम खेलमा नेपालले आइतबार किर्गीस्तानको सामना गर्नेछ । -रासस



प्रतिक्रिया दिनुहोस्