Logo

सीमाविद श्रेष्ठले भने- भारतले जारी गरेको नेपालको सीमा नक्शा मनगढन्ते



काठमाडौं, २२ कार्तिक । नापी विभागका पूर्व महानिर्देशक तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको सीमा झुटा र गलत भनेका छन् । उनले त्यस्तो नक्शाप्रति गम्भीर हुनुपर्ने भनेका छन् ।

श्रेष्ठले फेसबुकमा धारणा सार्वजनिक गर्दै सुगौली सन्धीको भावनाका आधारमा १ फेब्रुअरी सन् १८२७ र २४ अप्रिल १८५६ मा ब्रिटिश सर्भे अफ इन्डियाले तयार पारेको नक्शाभन्दा अहिलेको नक्शा भिन्न भएको बताए ।

सन् १८२७ र १८५६ मा तयार पारिएको ऐतिहासिक नक्शा अनुसार लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको रहेको श्रेष्ठको भनाई छ । उनले भारतले ल्याएको नयाँ नक्शाले कालापानी क्षेत्रको नेपाली भूभाग निल्ने अभिप्राय राखिएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्