Logo

स्तन क्यान्सर छिट्टै पत्ता लाग्ने परिक्षण



क्यान्सर घातक रोग हो । क्यान्सरको उपचार निकै कठिन मानिन्छ। क्यान्सर पनि भिन्न प्रकारको हुनेगर्छ । त्यसमध्य स्तन क्यान्सर प्रायः जसो महिलामा बढी देखिएको छ । यो रोग लागेमा ज्यानको जोखिम रहन्छ ।

स्तन क्यान्सर भएको महिलाको पहिलो चरणमै पत्ता लागेमा यसको उपचार हुने चिकित्सकले जनाएका छन् । तर क्यान्सरको लक्षण पहिलो चरणमा देखा नपर्ने र पछि गएर यसले ठुलो मात्रामा रोगलाई बढाउने काम गर्छ जसले गर्दा मानिसको ज्यान समेत जाने गर्छ । तर नयाँ अनुसन्धान अनुसार क्यान्सरको सेललाई छिट्टै पत्ता लगाउन सक्ने रक्त परिक्षणको निर्माण गरेका छन् ।

यो रक्त परिक्षणले मानिसमा थोरै मात्रामा रहेको सेललाई पनि पत्ता लगाउन मद्दत पुर्याउने अनुसन्धान कर्ताले जनाएका छन् । क्यान्सर भएको शरीरले आफै एन्टिबडीहरू फालेर यसको कोषलाई मर्ने क्षमता विकास गर्छ । क्यान्सरले आफ्नो सेलको विकास एकदम रफ्तारमा गर्ने भएकाले हाम्रो शरीरले फाल्ने एन्टिबडीले काम नगर्ने र यस कारण रोगको बसोबास हुने चिकित्सकले जनाएका छन् ।

नयाँ किसिमको रक्त परिक्षणले यसको ठिक मात्रामा सेलको परिक्षण गर्ने र सजिलो तरिकाले स्तनमा भएको क्यान्सरलाई हटाउने कुरा चिकित्सकले बताएका छन् । यो रक्त परिक्षण पूर्ण रुपमा सफल भएपछि साधारण रक्त परिक्षणमा पनि यसलाई प्रयोग गर्ने र रोगको पत्ता लगाउने कुरामा चिकित्सकले जोड दिएका छन् । रक्त परिक्षण सामान्यतय काम लागत र खर्चमा हुने अनुसन्धान कर्ताले जनाएका छन् ।

यो रक्त परिक्षण अनुसन्धानमै रहेको छ । प्रयोगमा आउन यसलाई करिब ४ देखि ५ वर्षसम्म लाग्ने सक्ने अनुमान अनुसन्धानकर्ताले लगाएका छन् । यसैगरी फोक्सो, अग्नाशय, कोलोरेक्टल, र कलेजोमा भएको क्यान्सर पत्ता लगाउने सस्तो र सजिलो प्रकारको परिक्षण भैरहेको अनुसन्धानकर्ताले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्