Logo

कान्टास विश्वकै सुरक्षित एयरलाइन्स



विश्वभर सयौं एयरलाइन्सले उडान भर्ने गर्छ । विमानमा यात्रा गर्दा मानिसहरुलाई धेरै डर लाग्ने गर्छ । तर विमान कम्पनीहरुलेउडान भर्नु भन्दा अगाडि नियमित जांच गर्छन् । तर, विमानमा यात्रा जोखिम पूर्ण हुनेगर्छ । यसैलाई मध्ये नज़र राखी विमान कम्पनीहरु सतर्क समेत हुने गर्छ ।

सुरक्षालाई ध्यानमा राखी २०१९ मा कान्टास एयरलाइन्सले विश्वकै उत्कृष्ट एयरलाइन्स भएको एयरलाईन रेटिंगले सर्वजनिक गरेको छ । एयरलाईन रेटिंगले सुरक्षा र उत्पादनलाई ध्यानमा राखेर कम्पनीलाई सम्मान गरेका छन् । अघिल्लो वर्ष पनि कान्टास एयरलाइन्सले उक्त सम्मान प्राप्त गरेको थियो ।

लगातार यस एयरलाइन्सले अस्ट्रेलिया देखि संयुक्त राज्य उडान भर्ने र यसले आफ्नो विश्वसनीयता कायम राख्न सफल भएको छ । निरन्तर रुपमा यस कम्पनीले आफ्नो कार्यशैलीलाई उत्कृष्ट रहेकोमा यसमा यात्रा ढुक्क सित गर्न सक्ने विमानका कर्मचारीहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्