Logo

५० लाख मूल्यको गंगटा



गंगटाको मूल्य कति होला । जापानमा १.२ केजी तौलको एउटा भाले गंगटाको किर्तिमानी लिलामी भएको छ । एकजना व्यापारीले यसलाई ५० लाख यन अर्थात् झण्डै ५० लाख नेपाली रुपैयाँ बराबरको रकम तिरेका छन् ।

हिउँ गंगटाका रुपमा चिनिने खैरो रंगको गंगटालाई बिहिबार यति धेरै मूल्य तिरिएको हो । यो गंगटालाई तिरिएको अहिलेसम्मकै सबैभन्दा महंगो मूल्य हो । मत्स्य होलसेलर टेटसुजी हामासिटाले गंगटाको स्वादका लागि यो मूल्य तिरेका हुन् ।

हिउँमा पाइने गंगटा ठण्डी मौसममा पाइन्छ । यसलाई जापानी भाषामा जुवाइगानी भनिन्छ । यसलाई खानामा विशेष परिकार मानिन्छ । लामो खुट्टा हुने यसको मासु निकै स्वादिष्ट मानिन्छ ।- एजेन्सी Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्