Logo

पारस घोडा चढेर मुक्तिनाथ पुगे, नुहाएर दर्शन गरे



काठमाडौं, २२ कात्तिक । पूर्व युवराज पारस सेतो घोडा चढेर मुक्तिनाथ पुगेका छन् । कालो चश्मा लगाएका लामो कपाल पालेका पारसको गलामा राम नामी सल र रुद्राक्ष छ ।

पारसले आफ्नो फेसबुकमा मुक्तिनाथमा पुगेर धन्य भएको भन्दै फोटो समेत पोष्ट गरेका छन् । तस्बिरमा पारस हसिलो मुद्रामा देखिन्छन् । उनले मुक्तिनाथमा नुहाएको र घुँडा टेकेर भगवानलाई ढोगेको तस्बिर समेत राखेका छन् ।

बेला बेलामा विवादमा आइरहने पारस अचानक मुक्तिनाथ पुगेका हुन् । उनी पछिल्लो समय निकै विवादमा परेका छन् ।

Photo: FB Page of Paras



प्रतिक्रिया दिनुहोस्