Logo

कालापानीको सवालमा हामी कुटनीतिक तहमा चुक्यौं-लेखराज भट्ट, नेता, नेकपा



काठमाडौं, २२ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेता लेखराज भट्ट पार्टीभित्र पृथक विचार राखेर चर्चामा आइरहन्छ । प्रष्ट बोल्ने भट्टले कालापानीका सवालमा सनसनीपूर्ण खुलासाहरु गरेका छन् । उनीसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः

कालापानीको समस्या समाधान कसरी गर्ने ?
कालापानीको समस्या पहिलादेखिको हो, अहिले बल्झिएको छ । नेपालीहरुले धेरै पहिलादेखि कालापानी, लिपुलेक हाम्रो भनेर बताउँदै आएका छन् । यसमा कुटनीतिक लेभलबाट वार्ता र छलफल गरी टुंगोमा पुग्न हामी कहीं न कही चुकेका छौं ।
हामी कहाँ चुक्यौं त ?
हामीले दृढतापूर्वक पहिलाका ऐतिहासिक दस्तावेजको आधारमा भारतसँग छलफल गरी समाधान गर्नुपथ्र्यो । त्यसलाई हेल्चेक्रयाइँ गर्यों, जसको परिणाम आज लिपुलेक र कालापानीलाई भारतले आफ्नो राजनीतिक नक्साभित्र पारेको छ । अब यसको समाधानको लागि भारतसँग टेबुलवार्ता गर्नुपर्छ । हाम्रा जतिपनि पहिलाका दस्तावेजहरु छन्, तिनलाई प्रमाणको रुपमा राखेर कुटनीतिक तवरबाट वार्ता गरेर समाधानको उपाय निकाल्नुपर्छ । त्यसमा हामीले जसरी आजसम्म एउटा असल छिमेकी सम्बन्ध छ, त्यसलाई कायमै राख्न हामीले दुवैलाई मार नपर्ने गरी द्वीपक्षीय वार्ताबाट समाधान गर्न राम्रो भनेर विचार राख्नुपर्छ ।
तर भारतले त नयाँ नक्सामा नेपालसँगको सीमा फेरेको छैन भनेको छ नि ?
भारतले त्यो दृष्टिकोण राखेको छ । त्यसमा त पुरानो नक्सा र अहिलेको नक्सा भिडाउँदा अन्तर देखिन्छ । यसलाई अझ त्यसका विज्ञहरुले के भन्छन् । त्यो पनि हामीले खोज्न जरुरी छ ।
भारतले त नक्सा सही छ भनेको अब के गर्नुहुन्छ ?
भारतले नेपालको जमीनमा हस्तक्षेप गर्नुहुँदैन, तुरुन्त छोड्नुपर्छ । नेपाल सरकारले राष्ट्रियताको महत्व, मर्म र भावनालाई बुझेर गम्भीर भएर काम गर्नुपर्छ । भारतले पनि एउटा असल छिमेकीको हैसियतमा रहने गरी काम गर्नुपर्छ । भारतले अहिले जसरी नक्सा बाहिर ल्याएको त्यसलाई सच्याउनुपर्छ ।
भारत त्यो नक्सा सच्याउन तयार होला ?
मैले चिनेको र बुझेको भारत अनुसार हाम्रो पक्षबाट कहिल्यै पनि सीमाका बारेमा उसँग दृढतापूर्वक कुरा राखेनौं । हामीले उसलाई धेरै ठूलो देखेर हच्किने काम भयो । सही कुरामा कोही ठूलोसानो भन्ने हुँदैन । आफ्ना सत्य कुराहरु हामीले दृढतापूर्वक हाम्रो क्षेत्र यहाँसम्म हो, यो हो सत्य भनेर कहिल्यै अगाडि गएनौं । कहीलेकाही कतै सानातिना थिचोमिचो हुँदा यो त सानो कुरा हो भनेर निचमार्ने काम भयो, त्यसैको फलस्वरुप आज यो परिणाम आएको हो । त्यसलाई हल्का ढंगले सडकमा प्रदर्शन गरेर राजनीतिक गर्ने काम ग¥यौं त्यसलाई कुटनीतिक ढंगले समाधानतिर गएनौं ।
यो समस्या समाधानका लागि किन सरकारले भारतसँग कुरा गर्न सकेको छैन ?
हिजो भएन अब हुनुपर्छ । जसरी १९६२ मा भारतले कालापानीमा सेना राखेको थियो । त्यतिबेला नै हामीले आफ्नो स्पष्ट प्रतिक्रिया दिनुपथ्र्यो र त्यहाँबाट भारतीय सेनालाई हटाउनुपर्ने थियो । त्यसपछि हाम्रो सेनालाई लगेर राख्नुपर्ने थियो । त्यो काम अहिले पनि भएको छैन । जसरी २०७२ सालमा चीनका राष्ट्रपति जसरी सी जिन पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनको बेइजिङमा दुईदेशीय सम्झौता भयो । त्यसलाई नेपाल सरकारले गम्भीर रुपमा लिएन । त्यो कुरालाई वास्ता नगर्नु कमजोरी थियो, त्यसैको फाइदा उठाउँदै अहिले यस्तो रिजल्ट आएको हो । त्यसैले कुटनीतिक हिसाबले हाम्रो गुमेको भूमि फिर्ता लिनुपर्छ ।
कालापानी भारतले नेपाललाई दिन्छ भन्ने विश्वास तपाईलाई छ ?
दिन्छ, दिँदैन भन्ने प्रश्नै होइन । हाम्रो भूमि उसले छोड्नुपर्छ ।
यो समस्या आएको ५० वर्ष भइसक्यो तपाईंहरु कहाँ हुनुहुन्छ ?
हामीहरुले कुरा उठाइरहेका छौं ।
कालापानीको नाममा धेरै राजनीति गरे तर समस्या त ज्यूकात्यूँ रह्यो नि ?
हिजो नगरेको हुनाले नै आज गर्नुपर्छ भनेको छु । त्योबेलामा गरेको भए आज यो समस्या नै आउँदैनथियो । पहिला भारतसँग बेर कुरा राख्नुपर्छ, त्यसपछि कस्तो प्रतिक्रिया आउँछ त्यो हुर्नुपर्छ । त्यसै सडकमा गएर विरोध गरेर केही हुँदैन । हामीले हाम्रो भूमि यहाँसम्म हो, भनेर कुटनीतिक ढंगले वार्ताको टुबलमा बसेका छौं कि छैनौं त्यो महत्वपूर्ण कुरा हो । भारतसँग आप्नो जमीन फिर्ता लिन धेरै हिचकिचाउनुपर्ने कारण नै छैन ।
तपाईंहरु पनि कालापानी हाम्रो भन्दै खुकुरी र झन्डा बोकेर जानुभएको थियो सरकारमा पुगेपछि त फिर्ता ल्याउन सक्नुभएन ?
त्यसबेला हामी त्यहाँ जाँदा समाधानतिर जानुभन्दा अझ समस्या बल्झिएको हो । त्यसैले अहिले हामीले कुटनीतिक ढंगबाट समाधानको बाटो रोज्नुपर्छ । भारतसँग सैन्य लडाइँ त लड्न सकिँदैन । आज भारत विश्वको शक्तिशाली देशमध्ये चौथामो आइसकेको छ । अन्य मुलुकमा यस्ता समस्याहरु कुटनीतिक माध्यमबाटै समाधान भएको छन् । यसमा भारतले नमान्नुपर्ने कारण नै देख्दिँन ।
भारतीय प्रधानमन्त्री आउँदा तपाईंहरुले किन सीमाबारे कुरा राख्न सक्नुभएन ?
त्यसबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले हामी समाधान गछौं भन्नुभयो । त्यसपछि हाम्रो इपीजीको गठन भयो । त्यसमा हामीले आफ्नो प्रतिवेदन बुझायौ । अहिले पनि भारत सरकारले त्यो बुझेको छैन । अब हामीले गर्नुपर्छ भन्नेतिर जाने हो । हिजो नगरिएकोमा कमजोरी भयो । यो समस्या समाधान गर्न हाम्रो नेतृत्वले भारतीय नेतृत्वसँग स्पष्ट कुरा राख्नुपर्छ ।
भारतले त अहिले नेपाल–भारत सम्बन्ध बिगार्ने कुत्सित तत्व लागेको हो भनेको छ नि ?
कुल्तित तत्व लागेको हो भने पहिला भारतले नेपाली जनताले प्रमाणसहित उठाएको कुरालाई गम्भीरतापूर्वक लिने कि नलिने ? भन्ने हो । कुनै कुत्सित तत्वले बिगार्न खोजेर मात्रै सम्बन्ध बिग्रिने होइन नि । यस विषयमा वास्तविकता के भारत सरकारले बुझ्न जरुरी छ । उसले नेपाली जनताको भावनाको कदर र सम्मान गर्न जरुरी छ । फलेको बृक्ष त झुकेको हुन्छ, त्यसैले भारत हामीभन्दा ठूलो मुलुक हो उसले त नरम भएर आउनुपर्छ । हामीसँग मात्रै होइन दक्षिणतिरका अन्य छिमेकी मुलुकसँग पनि भारतको सम्बन्ध राम्रो छैन । त्यसैले उसको नियत के हो भन्ने छर्लङ्ग हुन्छ । त्यसकारण उसले एकपटक आत्मासमीक्षा गर्न जरुरी छ ।
तपाईंको पार्टीका विद्यार्थीहरु त सडकमा गएका छन् नि ?
नेपाली जनता राष्ट्रियताको विषयमा संवेदनशील छन् । त्यसैले भारतले अहिले जे गरेको छ, त्यसको विरोधमा स्वाभाविक रुपमा जनता सडकमा आएका छन् । यसमा म के भन्छु भने, ‘अहिले हामीसँग दुईतिहाईको सरकार छ’ त्यसैले सडकमा भन्दा पनि कुटनीतिक ढंगले वार्ताबाट समाधान खोज्नु बुद्धिमानी हुन्छ । विद्यार्थीले नेतृत्वलाई समस्या हल गर भनेर दबाब दिनुपर्छ । विद्यार्थीले दिएको दबाबको नेतृत्वले सम्बोधन पनि गरेको छ ।
सकडमा गएर समस्या समाधान हुँदैन हो ?
पहिला पनि हामी सडकमा जाँदा समस्या झन् बल्झिएको थियो । त्यसैले हामीले सडकमा जानेभन्दा पनि कुटनीतिक तरिकाले अन्तर्राष्ट्रिय मूल्यमान्यता अनुसार जानुपर्ने हुन्छ । टेबुलबाटै समस्याको समाधान खोज्नुपर्छ ।
तपाईंले भारत पक्षलाई पनि परराष्ट्रमा बोलाउनुपर्छ भन्नुभएको थियो नि ?
निश्चित रुपमा दुवैपक्षलाई परराष्ट्रमा भारतीय राजदूतलाई बोलाएर वास्तविकता के भनेर छलफल गर्नुपर्छ । भारतीय राजदूतसँग हाम्रो प्रमाणहरु यी हुन् भनेर तपाईंहरुले के गर्नुभएको हो भनेर सोध्न जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्