Logo

उपेन्द्रद्धारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ पुस्तक विमोचन



काठमाडौं, २२ कात्तिक । सत्तारुढ दल समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवद्धारा लिखित “नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र” नामक पुस्तक आज विमोचन गरिएको छ। राजधानीमा एक कार्यक्रमका बीच उक्त पुस्तक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो ।

पुस्तक दुई अध्यायमा विभाजित छ । पुस्तकको पहिलो अध्यायमा आधुनिक नेपाल निर्माण भएको अढाई शताब्दी बितिसक्दा पनि जातीय, भाषिक, सांस्कृतिक तथा क्षेत्रीय उत्पीडनको अन्त्य हुन नसकेको अवस्था चित्रण गरिएको छ ।

त्यस्तै, पुस्तकको दोस्रो अध्यायमा भने वर्तमान नेपालको सन्दर्भमा सामाजिक लोकतन्त्रको बारेमा विस्तृत रुपमा विश्लेषण गरिएको छ । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot