Logo

एनआरएनएद्धारा भारतीय कदमको भर्त्सना



काठमाडौं, २२ कात्तिक । गरैआवासीय नेपाली संघ .एनआरएनए) ले भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागकारुपमा देखाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष कुमार पन्तको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ-“भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्द भएका छन् ।”

विज्ञप्तीमा थप भनिएको छ,‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु कूटनीतिक माध्यमबाट दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुंग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको भर्त्सना गर्दछौं।’

मुलुकको सार्वभौमिकता र भौगोलिक अखन्डताजस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आमनेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदायलाई एकसाथ उभिनुपर्ने संघको मान्यता छ । संघले अन्तर्राष्टिय सिमाना रक्षाको लागि आफूहरु विश्वभरि छरिएर रहेका नेपालीहरु एकजुट रहेको पनि विश्वास दिलाएको छ ।



प्रतिक्रिया दिनुहोस्