Logo

यी हुन् बेलायतमा लरी कन्टेनरभित्र मृत भेटिएका ३९ भियतनामी (नामसहित)



भियतनाम सरकारले बेलायतमा लरी कन्टेनरभित्र मृत भेटिएका ३९ जना आफ्ना नागरिकको नाम सार्वजनिक गरेको छ । शुक्रबार साँझ उनीहरुको नाम सार्वजनिक गरिएको हो ।

२३ अक्टोबरमा मृत भेटिएकामध्ये किशोरावस्थादेखि ४० कटेका पनि छन् । सबैभन्दा कम १५ वर्षका छन् । दश जना किशोरकिशोरी समेत थिए । उनीहरुमध्ये १५ र १७ वर्षका किशोर समेत रहेको खुलेको छ ।

यसअघि आफ्ना नागरिक मृत भेटिएपछि भियतनाम सरकारले मानव तस्करको सञ्जाल तोड्ने सक्रियता देखाएको थियो । लरी घटनामा संलग्न भएको अभियोगमा भियतनामी प्रहरीले धमाधम पक्राउ गरेको थियो । दर्जनभन्दा बढी व्यक्ति पक्राउ गरेको थियो ।

यसअघि कन्टेनरभित्र निसास्सिएर ज्यान गुमाएका ३९ जना चिनियाँ नागरिक भएको भनिएकोमा भियतनामी भएको पुष्टि भएको थियो । चीन हुँदै बेल्जियम पुर्याएर बेलायत प्रवेश गराउने क्रममा उनीहरुको मृत्यु भएको थियो ।

घटना भएको दिन एकजना भियतनामी युवतीले परिवारलाई मेसेज पठाइन् कि उनी स्वास फेर्न नसक्ने अवस्थामा छिन् । २६ वर्षीया फाम थी ट्रा माईले लेखेको सन्देश परिवारले खुलाएको थियो । सन्देशमा आफू मर्न लागेको र विदेशयात्रा असफल भएको लेखिएको थियो । निकै मार्मिक सन्देश संसारभर भाइरल भएको छ । सन्देश कन्टेनरभित्र निसास्सिइरहेकी माईले आमालाई लेखेकी थिइन् ।

माईको यात्रा ३ अक्टोबरबाट शुरु भएको थियो । उनी चीन पुगेर त्यहाँबाट यूरोपतर्फ लगिएकी थिइन् । २० दिनको यात्रामा उनीहरु बेलायत पुगेपनि अन्तमा ज्यान गुमाउन पुगेका थिए ।

प्रारम्भिक अनुसन्धानले कन्टेरनमा राखिएका ३९ जनाको मृत्यु ठण्डीले भएको हुनसक्ने बताइएको छ । रेफ्रिजेरेटर भएको कन्टेनरमा तापक्रम माइनस २५ डिग्रीभन्दा कमसम्म हुने व्यवस्था थियो । निकै कम तापक्रमका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने द मिररले लेखेको छ । कन्टेनरलाई बेल्जियमबाट बेलायत पुर्याइएको थियो ।

घटनामा शुरुमा लरी चालक २५ वर्षीय मो रबिन्सन पक्राउ परेका थिए। उनी उत्तरी आइरल्यान्डका हुन् । रबिन्सनसँगको प्रारम्भिक अनुसन्धानपछि थप दुईजनालाई पक्राउ गरिएको छ । घटनापछि मानव तस्करहरुको ठूलो सञ्जाल पत्ता लागेको र धेरै पक्राउ पर्ने सम्भावना देखिएको छ ।

नाम            उमेर
पाम थि ट्रा २६
गुयन डिन लुअङ २०
गुयन हुई पोङ ३५
भो नान डु १९
ट्रान मान हुङ ३७
ट्रन खान थो १८
भो भान लिन २५
गुयन भान नान ३३
बुई फान थाङ ३७
गुयन हुई हुङ १५
ट्रान थी थो २१
बुई थी नुङ १९
भो गोक नाम २८
गुयन डिन टु २६
ली भान हा ३०
ट्रान थि गोक १९
ग्ुयन भान हुङ ३३
होआङ भान टिप १८
काओ टिन डुङ ३७
काओ हु थान ३३
ट्रान थी माई हुङ १८
गुयन मिन काङ २०
ली ट्रोङ थान ४४
फाम थी गोक आआन २८
होआङ भान होइ २४
गुयन थो टुआन २५
डाङ हु तुयन २२
गुयन ट्रोङ थाई २६
गुयन भान हिप २४
गुयन थि भान ३५
ट्रान हाई लोक ३५
डोङ मिन टुआन २७
गुयन गोक हा ३२
गुयन तिन डुङ ३३
फान थी थान ४१
गुयन बा भु हुङ ३४
डिन डिन थाई कुयन १८
ट्रान गोक हुई १७
डिन डिन बिन १५

-एजेन्सी



प्रतिक्रिया दिनुहोस्