Logo

प्रचण्डको घोषणा : कम्युनिष्टहरुलाई अब विजय यात्रामा कसैले रोक्न सक्दैन्



पोखरा, २२ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामि उपनिर्वाचनले देशभरिका नेता, कार्यकर्ता र जनतामा नयाँ उर्जा दिएको बताएका छन् । कास्कीको पोखरामा आज दिउँसो आयोजित जिल्लास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्षले भने, ‘कम्युनिष्टहरुलाई अब बिजय यात्रामा रोक्न कसैले सक्दैन । यो उपनिर्वाचनले सिंगो पार्टी एकता पुरा गर्न र पार्टीलाई सुदृढ गर्न मद्दत गर्नेछ ।’ नेतालाई जनताबाट सिक्न पनि यो उपनिर्वाचन एक अवसर भएको उनको भनाई थियो ।

अध्यक्षले निर्वाचनको क्रममा पार्टीको नेतृत्वमा रहेको सरकारले गरेका कामहरुको जनतामा सम्प्रेशण गर्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले विश्वमै रक्षात्मक स्थितिमा रहेको कम्युनिष्ट आन्दोलनको बीचमा नेपालबाट शक्तिशाली कम्युनिष्ट निर्माण हुँदा संसारका प्रतिक्रियावादीहरु यस विरुद्ध निकै ठूला ठूला तानाबाना बुनिरहेको बताए ।

अध्यक्षले अगाडि भने, ‘यो शक्ति प्रतिक्रियावादीको दयामायाले दिएर भएको होइन, ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको हो ।’ दुई ठूला कम्युनिष्ट पार्टीहरूबीच एकता नगरेको भए यो असाधारण गुणात्मक प्रगतिको सुरूवात नहुने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्