Logo

भीआइपी धमाधम पक्राउ पर्ने क्रम जारी, सूचीसहित प्रहरी सक्रिय



काठमाडौं, २२ कात्तिक । नेपाल प्रहरीले भीआइपी भनेर आपराधिक क्रियाकलापमा संलग्न कसैलाई नछाड्ने नीति लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी दिवसमा आपराधिक क्रियाकलाप गर्नेको पद हेरेर नबस्न भनेपछि आइजीपी सर्वेन्द्र खनाल कडा रुपमा प्रस्तुत भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल दुवैले अपराध नियन्त्रणका लागि कडा कदम चाल्न निर्देशन दिएपछि आइजीपी खनालले एकपछि अर्को जोखिम उठाएका छन् । उनको पालामा अहिलेसम्म पक्राउ गर्न नसकिएको भीआइपीहरु समेत पक्राउ परेका छन् ।

जर्बजस्ती उद्दोगमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परे । त्यसपछि पूर्वमन्त्री अफताब आलम रौतहटमा १२ वर्ष अघि सामूहिक हत्याको अभियोगमा पक्राउ परे ।

पूर्व अर्थ सहायकमन्त्री तथा व्यवसायी रुप ज्योती ठगीको मुद्दामा पक्राउ परे । सुदुरपश्चिम प्रदेशका राज्यमन्त्री प्रकाश रावल फरार सूचीमा छन् । उनीमाथि सम्पत्ति शुद्धिकरणले छानविन गरेपछि प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरीले आपराधिक गतिविधिमा संलग्न अन्य भीआइपीहरुको समेत खोजी गरिरहेको छ । उनीहरुको लिष्ट बोकेर प्रहरी अगाडि बढेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्