Logo

विप्लव समुहका १६ कार्यकर्ता पक्राउ



काठमाडौं, कार्तिक २२ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा सङ्कलन तथा सङ्गठन विस्तार गरिरहेको आधारमा गौमुल गाउँपालिका–।३ माझपालीबाट आज दिउँसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रोल्पा गङ्गादेव गाउँपालिका–३ जिनावाङका समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेको प्रहरीको भनाई छ । पक्राउ परेकामाथी थप अनुसन्धान भइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्