Logo

राम जन्मभूमि-बाबरी मस्जिद जमिन विवादको फैसला शनिबार, उत्तर प्रदेशको सुरक्षा कडा



भारतको सर्वोच्च अदालतले शनिबार विहान महत्वपूर्ण मुद्दामा फैसला गर्दैछ । राम जन्मभूमि र बाबरी मस्जिदको जमिन सम्बन्धित विवादमा त्यहाँको सर्वोच्च अदालतले फैसला दिने भएको हो ।

फैसलाबारे शुक्रबार भारतको सर्वोच्च अदालतले सूचना गरिसकेको छ । फैसला भारतको प्रधानन्यायाधीश रञ्जन गोगोईसहित न्यायाधीशहरु एस ए बोब्डे, डी वाई चन्द्रचुण, अशोक भुषण र एस अब्दुल नजिरको संवैधानिक इजलाशले गर्ने भएको छ । रोचक यो छ कि इजलाशका एक न्यायाधीश मुसलमान समुदायका हुन् ।

फैसला अगावै भारतका प्रधानन्यायाधीश गोगईले उत्तर प्रदेशका प्रहरी प्रमुखलाई भेटिसकेका छन् । उनले त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् । सन् २०१० मा अलाहावाद उच्च अदालतले २.७७ एकर्ड जमिन सुन्नी वाक्फ बोर्ड, निर्मोही अखरा र राम लल्ला गरी तीन समूहलाई बाँड्ने फैसला गरेको थियो । त्यसविरुद्ध विभिन्न समूह त्यहाँको सर्वोच्च अदालत पुगेका थिए ।

६ डिसेम्बर सन् १९९२ मा बाबरी मस्जिद कट्टरपन्थी हिन्दुहरुले भत्काएका थिए । उक्त स्थानमा विगतमा श्री राम मन्दिर रहेको दाबी गर्दै मस्जिदमाथि आक्रमण गरिएको थियो ।-एजेन्सी File Photo



प्रतिक्रिया दिनुहोस्