Logo

भोलिदेखि टुँडिखेल कब्जाको विरोधमा अभियान, बाबुराम-गगनको सहभागिता रहने



काठमाडौं, २२ कात्तिक । यतिवेला अकुपाई टुँडिखेल अभियान काठमाडौंमा तात्किएको छ । उपत्यकावासीहरुले हरेक शनिबार अनधिकृत टुँडिखेल कब्जाको विरोधमा अभियान नै सन्चालन गर्ने भएका छन् । शनिबार टुँडिखेल वरिपरि मानवसाङ्लो बनाएर टुँडिखेललगायतका खुला र सार्वजनिक स्थान अतिक्रमणको विरोधमा अभियान सुरु गर्न लागिएको हो ।

‘अकुपाइ टुँडिखेल’मार्फत् सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने अभियान थालनी गरेको अभियानले जनाएको छ। भारतले नेपाली भूमि र नेपालमा भूमाफिया तथा राज्यले नै भूमि कब्जा गरेकाले आमनेपाली सबै मिलेर त्यसको प्रतिरोध गर्नुपर्ने अभियानमा जोडिएकाहरुको भनाई छ।

विश्व स्वतन्त्रताको दिन शनिबारदेखि तीन महिनासम्म संघर्षका कार्यक्रम गर्ने जनाइएको छ । टुँडिखेल विगतमा एसियाकै सबैभन्दा ठूलो परेडस्थल, भूमिगत जलको पुनर्भरणको स्रोत, सांस्कृतिक र धार्मिक महत्व बोकेको र दैवीप्रकोपका बेला आश्रय लिने ठाउँ रहेको छ । अहिले बसपार्क, पसलहरु, पार्किङ, भवनहरु बनाइएको छ ।

उक्त अकुपाई टुँडिखेलमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि पूर्व मन्त्री गगन कुमार थापा पनि सहभागी हुने भएका छन् । बाबुरामले त आफ्नो फेशबुक पेजमा एक स्टाटस लेख्दै अभियानमा सहभागी हुन आह्वान गरेका छन् । उनले पहिलेको टुँडिेखल र अहिलेको टुँडिखेलको फोटोसमेत सार्वजनिक गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्