Logo

आलममाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान



काठमाडौं, कात्तिक २३ । राजपुर बमकाण्डको अभियुक्त महम्मद अफताब आलमााथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने भएको छ । ‘अपराधकर्मबाट अकुत सम्पत्ति आर्जन गरेको’ आरोपमा विभागले अनुसन्धान थालेको हो । विभागले विहीवार रौतहट प्रहरीलाई पत्र लेखी आलमलाई उपस्थित गराउन आग्रह गरेको छ ।
रौतहट प्रहरी कार्यालयले शुक्रवार जिल्ला अदालत रौतहटलनई विभागको पत्र बुझाउँदै आलमलाई पठाइदिन अनुरोध गरेको छ ।
आजको नागरिक राष्ट्रिय दैनिकमा मदन ठाकुर र टपेन्द्र कार्कीले यो समाचार लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्