Logo

विप्लवका १६ कार्यकर्ता पक्राउ



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा संकलन संगठन,विस्तार गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घटमुनाको टोली पक्राउ गरेको हो ।

जिल्लाको गौमुल गाउँपालिका–.३ माझपालीबाट शुक्रबार दिउसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिं भाटले बताए । पक्राउ पर्नेमा रोल्पा जिल्ला गंगादेब गाउँपालिका–३ जिनावाङ घर भएका विप्लवका केन्द्रीय सदस्य चुडामणी ओली सहित १६ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक भाटले जानकारी दिए ।
पक्राउ परेका १६ जनाको थप अनुसन्धान भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्