Logo

कालापानीबारे विद्यार्थी संगठन सडकमा आउनु गलत : लेखराज भट्ट (भिडियोसहित)



काठमाडौं, २३ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व मन्त्री लेखराज भट्टले लिपुलेक र कालापानीको बारेमा भारतको विरोधमा विद्यार्थी संगठन सडकमा आउनु गलत भएको टिप्पणी गरेका छन् ।

बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टले भारतसँगको सिमा विवाद कूटनीतिक माध्यमले हल गरिनुपर्ने सुझाएका हुन् । तर, विद्यार्थी संगठन सडकमा आउनु गलत भएको उनको टिप्पणी छ । भट्टले कालापानी र लिपुलेकको ऐतिहासिक पक्षलाई अध्ययन गर्नुपर्ने धारणा राखेका छन् । ईतिहासमा कहाँ कहाँ कमजोरी गरेको हो भन्ने कुराको समिक्षा गर्न जरुरी रहेको उनको भनाई छ ।

उनले भारत र चीनबीच युद्ध हुँदा कालापानीमा भारतले सेना राख्दा नेपालले पनि आफ्नो सेना राख्न सक्नुपर्नेथियो भन्ने अभिव्यक्ति दिए । लामो समयदेखिको उक्त विवाद हल गर्नको लागि यसअघिका सरकारहरुले पहल नगरेको र आफूहरु सरकारमा हुँदापनि त्यो काम नगरेको उनले स्विकारे । कालापानीको सवालमा आफूहरुले खुकुरी लिएर गएर तरंग पैदा गर्ने मात्रै काम गरेको उनले गुनासो पोखे । उनले भने, जनताको सेन्टिमेन्ट लिनको लागि मात्रै हामी कालापानी खुकुरी लिएर गयौं । त्यो हाम्रो कमजोरी थियो । हामीले ऐतिहासिक पक्षको गहन गर्नुपर्दथ्यो । द्धिपक्षीय वार्ता गर्नुपर्दथ्यो । हामीले देखावटी देशभक्ति काम गर्यौं । लिपुलेकबारे सन् २०१४ मा भारत र चीनबीच सम्झौता गरेर लिपुलेक भारत र चीनको सिमाना राखेको सुनाए ।

आफूले ६ महिनाअघि नेकपाको स्थायी समितिको बैठकमा धारणा राखेको उनले सुनाए । भट्टले भारतको विरोध गर्दै विद्यार्थी संगठनहरु सडकमा आउनुपनि गलत भएको टिप्पणी गरेका छन् । उनले भारतसँग कुटनीतिक तवरले समस्याको हल गरिनुपर्ने धारणा राखेका छन् ।

नेपाल सरकारले कालापानी र लिपुलेक भारतीय नक्शामा पारिएकोबारे निकालेको विज्ञप्ती झारा टार्ने खालकोमात्रे रहेको कुरा बाहिर बजारमा चर्चामा रहेको पनि उनले सुनाए । त्यस्तै, भारतले निकालेको विज्ञप्तीपनि स्पष्ट नभएको उनको भनाई छ । नेपालमा यदि भारतविरोधी गतिविधि बढेको महशुस भए भारत सरकारले नेपाल सरकारसँग कुटनीतिक च्यानलमार्फत कुरा गर्नुपर्ने उनको सुझाव छ ।

लिपुलेक, कालापानी नेपालकै भूभाग हुन र यसको प्रमाण नेपालका ऐतिहासिक दस्तावेज, नक्शाहरु, ब्रिटिश पुस्ताकालय, कयौं नक्शाहरु, कञ्चनपुर मालपोत कार्यालयमा रहेको पनि उनले सुनाए । उनले भने,हाम्रो पक्ष दरोसँग उभिनुभयो । तयारीका साथ द्धिपक्षीय संयन्त्रसँग जानुभयो । समाधान यी यी हुन हाम्रा भनेर जानुपर्छ ।

उनले महालकाली सन्धि, टनकपुर बाँध बाँध्न आफूहरुले आफ्नो पक्ष दरोसँग नराखेको गुनासो पोखे । उनले भने, हामीले कुटनीतिक पहल गर्न सकेनौं । नेपाल र भारतबीच रहेका सबैखाले समस्याहरुको समाधान खोज्नेगरि नेपाल भारत प्रवुद्ध व्यक्ति समूह ईपिजी मोदीले बुझनुभएन । नेपालले त बुझ्यो नि ।

उनले नेपाली पक्ष भारतसँग लम्पसार हुन जरुरी नभएको बताए । उनले भने,हामीले हाम्रो अध्ययन दरोसँग राख्नुपर्छ । मित्रराष्ट हो भने भारतसँग हिचकिचाउनुपर्ने कारण नै छैन् । यदि अहिलेको सरकारको नेतृत्वले राख्न नसकेको हो भने कमजोरी हो ।

ओलीले किन फोन गर्नसक्नुभएन ? भन्ने धमलाको प्रश्नमा उनले भने,प्रोसेसमा जाने कुरा हो । अहिले विभिन्न बहस भैरहेको छ, यसले प्रेरणा देला । परराष्ट मन्त्रालय सक्रिय हुनुपर्छ । कुटनीतिक पहल भएन् । लिपुलेकबारे चिनियाँ राष्टपतिलाई लिडरले भन्यौं भन्नुभएको छ । हामीले पुरै विश्वास गरेका छौं । तयार हुनुभएको छैन भने कमजोरी हो । नेतृत्व राष्टको पक्षमा उभिनुपर्छ । कमिकमजोरी होला, तर चुक्न दिनुहुँदैन् ।

लिपुलेक र कालापानी हाम्रा हुन भनेर हामीले तथ्यांक दिनुपर्छ । प्रमाणहरु हामीसँग छन् । वार्तामा बस्नेले उच्च मनोवलसहित जानुपर्छ । हिजोदेखि हामी बोलिरहेका छौं । टनकपुर सन्धि ठिक भएन भनेर पहिले बोल्ने व्यक्ति हुँ । हाम्रो नेतृत्वले भारतसामू अडान गर्नुपर्छ ।

सडकमा आउनुको अर्थ छैन् । हामी आफैं सत्तामा छौं । पार्टी च्यानलको माध्यमबाट जानुपर्छ । प्रधानमन्त्री प्रधानमन्त्रीबीच हटलाईनमा कुरा हुनुपर्यो । विशेष दुत पठाउनुपर्यो । त्यहाँको राजदुतलाई सक्रिय बनाउनुभयो । भारतीय राजदुतलाई स्पष्टीकरण लिनुपर्छ । हिम्मत गर्नुपर्यो । जिम्मेवारी वहन गर्न नसके छोड्नुपर्छ ।

भारतको विरोध गर्न आफ्नो पार्टीले विद्यार्थीहरुलाई पार्टीले सडकमा नपठाएको जिकिर गरे । उनले भने, विद्यार्थीहरुलाई सडकमा आउनको लागि सरकारको निर्देशन छैन् । हिजोको टेण्ड छ । स्कुलिङ छ । सानो त्यो हुनासाथ विद्यार्थीहरु सडकमा पुगेको हो । तर, सडकबाट समस्याको हल हुँदैन् । नेतृत्वलाई दबाब दिनुपर्छ । सडकमा जानुहुँदैन् । वार्ता र कुटनीतिक लेभलबाट हल गरिनुपर्छ । सुस्ता, लिपुलेक, कालापानी, टनकपुरको पूनमुल्यांकन हुनुपर्छ । ईपिजीको सुझाव लागु गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्