Logo

एमसीसीद्वारा नेपाल भारी अन्तरले पराजित



आज भएको टी–२० क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग नेपाल पराजित भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एमसीसी विरुद्ध नेपाल ११३ रनले हारेको हो । नेपालले १९० रनको लक्ष्य पछ्याउदै १३.१ ओभरमै अलआउट भएर केवल ७६ रन जोड्न सफल भएका थिए ।पहिलो ब्याटिङ गरेको एमसीसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८९ रन बनाउन सफल भएका थिए ।

नेपालका लागि रशिद खानले ३ विकेट लिए । त्यस्तै कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अबिनाश बोहराको नाममा १/१ विकेट रह्यो भने सुशन भारीले १ विकेट लिए ।यसअघि नेपाल भ्रमणमा रहेको विश्वकै सबभन्दा पुरानो क्रिकेट क्लब एमसीसी विरुद्ध नेपाली यू–१९ टिम एक दिवसीय खेलमा पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा सिनियर टोली भने विजयी भएको थियो । प्रथम श्रेणीको तिन दिवसीय खेलमा नेपाल २०८ रनले पराजित भएको थियो ।

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को उत्कृष्ट ब्याटिङ गरेका हुन् भने नेपालको ब्याटिङ र बलिङ्ग दुवै पक्ष निकै कम्जोर रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्