Logo

बालुवाटारमा सर्वपक्षीय बैठक सुरु



काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु भएको छ ।भारतसँगको सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलाएका हुन् ।

हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार उक्त सर्वपक्षीय छलफलमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, सरकारका मन्त्रीहरू, सीमाविदहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र विभिन्न दलका नेताहरू सहभागी छन्।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्