Logo

सर्वपक्षीय बैठकमा भारतीय राजदुतलाई स्पष्टीकरण लिनुपर्ने सुझाव



काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र कालापानी विवादबारे छलफल गर्न डाकेको सर्वदलीय बैठकमा सहभागी प्रतिनिधिहरुले नेपालस्थित् भारतीय राजदुतलाई बोलाएर सरकारले स्पष्टीकरण लिनुपर्ने सुझाव दिएका छन् ।

भारतले नेपाली भू-भाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि प्रधानमन्त्रीले यस विषयमा सर्वदलीय बैठक डाकेका हुन् । बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु, दलका प्रतिनिधिहरुका साथै सीमा विज्ञहरुलाई पनि बोलाइएको छ ।

बैठकमा सहभागी भएर बाहिरिएका राप्रपा (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीका अनुसार उक्त विवादबारे भारतीय राजदुतलाई बोलाएर स्पष्टीकरण लिनुपर्ने सुझाव आएको सुनाए । त्यस्तै, लिपुलेकमा १९५५ मा भारतीय सेना बसेको कुरा पनि छलफलमा उठेको उनको भनाई छ । त्यस्तै, बैठकमा बोल्ने अधिकांशले नेपालले आफ्नो भूमि एक ईन्च पनि छोड्न नहुने धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्