Logo

रामवरणलाई चुरेको चिन्ता



काठमाडौं, २३ कात्तिक । पूर्वराष्ट्रपति डा रामवरण यादवले चुरेमा लोकराजमार्ग बनाउने योजनाबारे पुनः चिन्तन गर्नुपर्ने खाँचौँ औंल्याएका छन् । नेपाल साहित्य महोत्सवअन्तर्गत आज जनकपुरधाममा आयोजित ‘चुरेको चिन्ता’ विषयक संवाद कार्यक्रममा उनले चुरेको दोहनले भइरहेको पर्यावरणीय सङ्कटतर्फ सबैको ध्यानु जरुरी रहेको बताए ।

पूर्वराष्ट्रपति डा यादवले चुरे भएर राजमार्ग बनाउने र स्काभेटर लगायतका यन्त्र प्रयोग गरी दोहन गर्ने क्रियाकलापले पानीको मुहान सुक्दै गएको, पशुपन्छी पलायन तथा लोपको अवस्था सिर्जना भएको प्रसङ्ग उल्लेख गरे । नेपालको ६० प्रतिशत जनसङ्ख्या र अन्न भण्डार भएको क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै विकास योजना कार्यान्वयन गर्नुपर्दछ भन्दै उनले तराई मधेशलाई डुबान पार्ने क्रियाकलाप तुरुन्त बन्द गर्नुपर्ने धारणा राखे ।

वैज्ञानिक अध्ययन नगरी निजगढमा विमानस्थल निर्माण कार्य गर्नु विडम्बना हो भन्दै पूर्वराष्ट्रपति डा यादवले सखुवाका रूखलाई कटान गरी विमानस्थल बनाउने योजनाको पुनः मूल्याङ्कन गर्नु आवश्यक रहेको धारणा राखे ।

“जङ्गल नष्ट गरी रेलको विस्तार गर्ने योजनाबारे पनि पुनः चिन्तन गर्नुपर्दछ”, उनले भने । पूर्वराष्ट्रपति डा यादवले चुरेबाट निस्केको नदीको व्यवस्थापन हुने गरी विज्ञद्वारा चुरे संरक्षणका लागि बनाइएको गुरुयोजनाअनुरूप छुट्टै ऐन बनाउनु आवश्यक रहेको बताए । तस्विर स्रोत : नारायण वाग्लेको ट्वीटर



प्रतिक्रिया दिनुहोस्