Logo

नेतृत्वविहिन धितोपत्र बोर्ड : राजनीतिक नियुक्तिको डर



काठमाण्डौ । विगत एक महिनादेखि नेपाली पुजीबजारको मुख्य नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड नेतृत्वविहिन अवस्थामा रहेको छ । पूजीबजारलाई विकास र विस्तार गर्ने भूमिका खेल्ने बोर्ड रिक्त रहदा बोर्डले गर्ने कामहरु थाती नै रहदै आएका छन् । विगतका अध्यक्ष नियुक्तीमा ठूलोमात्रामा आर्थिक चलखेल हुनेगरेको भएपनि यो पटक राजनीतिक नियुक्ती नहोस् भनेर लगानीकर्ताले माग गरेका छन् ।

सेयर बजारको सबैभन्दा माथिल्लो निकाय धितोपत्र बोर्डको मुख्य अध्यक्षको पद एक महिनादेखि रिक्त छ । असोज २९ गतेबाट अध्यक्ष पद रिक्त रहदा त्यसको लगभग एक महिनापछि भर्खरै कात्तिक १९ गतेमात्रै मन्त्रीस्तरिय बैठकले सिफारिस समित गठन गर्न सकेको छ ।

समितिका संयोजक रामकुमार फूयालका अनुसार अध्यक्ष नियुक्त गर्न अझै एक महिनाभन्दा बढी समय पनि लाग्न सक्ने सम्भावना छ । एक जना सदस्यको अभावमा समितिले पनि काम सुरु गरेको छैन । लगानीकर्ताहरुले भने बोर्डको अध्यक्ष छिटो नियुक्त गर्न माग गरिरहेका छन् ।

यही असोज २८ गते बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीको चारबर्षे कार्यकाल पूरा भएपछि बोर्ड नेतृत्वविहिन भएको थियो । आगामी नेतृत्वका लागि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना, नेप्सेका टंक पनेरु र धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डां नवराज अधिकारीको चर्चा छ ।

लामो समय राष्ट्र बैंकका विदेशी विनिमय विभाग प्रमुखको भूमिका निर्वाह गरेका ढुगानालाई अर्थमन्त्री डा. युवराज खतिवडाको समर्थन रहेको छ । लगानीकर्ताहरुले २० बर्षदेखि बोर्डमै कार्यरत डा. अधिकारीलाई बोर्डको अध्यक्ष देख्न चाहेका छन् । अधिकारी पूजीबजारको अध्ययन र अनुसन्धानमा पिएचडी गरेका व्यक्ति हुन् ।

पनेरुले पनि नेपाल स्टक एक्सचेन्ज लिमिटेडको नेतृत्व सम्हालिसकेका छन् । यी तिनै व्यक्तिहरु नेकपा पार्टीप्रति आस्था राख्छन् । बोर्डको अध्यक्षमा विगतमा राजनीतिक नियुक्ती भएकाले पुजीबजार सुस्त हुन पुगेको लगानीकर्ताहरुको आरोप छ । उनीहरु बजारलाई गतिशिल बनाउन बोर्डको नेतृत्वमा बुझेको व्यक्ति हुनेपर्ने शेयर बजार समुहका अध्यक्ष हरि ढकाल बताउँछन् ।

नियामक निकाय बोर्ड अध्यक्षविहिन हुनु भनेको पुजीबजारको विस्तारमा प्रतक्ष्य असर पर्नुहो । विगतमा नेपालमा हुनेगरेका नियुक्ती प्रक्रियामा विवादास्पद आर्थिक चलखेल हुनेगरेका इतिहास छन् । बोर्डले साधारण सेयर आईपिओ जस्ता पनि कम्पनीहरुलाई दिने गरेको छ । विगतको नेतृत्वले पूजीबजारको विकास र विस्तारका काम गर्ननसकेको लगानीकर्ताको आक्रोस र गुनासो छ । फलस्वरुप लगानीकर्ताहरुले गतबर्ष आन्दोलन नै चर्काउन पुगे ।

बोर्डका अध्यक्षदेखि पदाधिकारीको मिलेमतोमा बजार विस्तारको काम नगरेको आरोप लाग्दै आएको छ । वितग चार बर्षदेखि निरन्तर आरोलो लागेको पुजीबजारलाई सही नेतृत्व प्रदान गर्ने अवको नेतृत्वलाई चुनौतीका साथसाथै बोर्डको कुलमान बन्ने अवसर पनि छ । कुलमान बनेर १६ लाख लगानीकर्ताहरुमाफ लोकप्रिय बन्दै राष्ट्रिय अर्थतन्त्रको ऐना मानिने पूजीबजारलाई सहि दिशा प्रदान गरी चौतर्फि रुपमा जस लिन अवसर पनि छ ।



प्रतिक्रिया दिनुहोस्