Logo

भ्रमण वर्ष आउन ५० दिन बाँकी, यस्ता छन् काठमाण्डौका सम्पदा



सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदैछ । भ्रमण वर्ष सुरु हुन दुई महिना पनि बाँकी छैन । २० लाख पर्यटक पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन निकै कठिन देखिएको छ । पूर्वाधार निर्माणमा समयमै ध्यान नदिदा भ्रमण वर्षको लक्ष्य धरापमा परेको हो । नेपालका महत्वपूर्ण सम्पदा पर्यटकले हेर्न लायक नै बनाइएको छैन । भूकम्पपछिको पुनः निर्माणले गति लिन नसक्दा भ्रमण वर्ष प्रभावित हुने देखिएको हो ।

सरकारले दुइ वर्षअघि नै सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरे पनि राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गर्न एक वर्ष लाग्यो । नियुक्तिपछि पनि भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्ने ठोस योजना ल्याउन सकेको छैन ।

वसन्तपुर दरवार क्षेत्र

भ्रमण वर्षमा यो वर्षभन्दा बढी पर्यटक किन नेपाल आउने ? पर्यटकलाई केके सुविधा र आकर्षण छन् भन्ने प्रश्नको जवाफ सरकारी अधिकारीहरूसँगै छैन । यतिसम्म कि भ्रमण वर्ष लक्षित कुनै विशेष प्याकेज पनि बनाइएको छैन ।

वसन्तपुर दरवार क्षेत्र

भ्रमण वर्ष आउन २ महिना भन्दा कम समय बाँकी हुँदासम्म तयारी फितलो देखिएको छ । पर्यटकले घुम्ने काठमाण्डौका पर्यटकीय स्थल नै अस्तव्यस्त छन् ।

वसन्तपुर दरवार क्षेत्र

काठमाडौंको वसन्तपुर, जहाँ नेपाल आउने अधिकांश पर्यटक पुग्न चाहन्छन् । तर अहिले यो क्षेत्र पर्यटकले घुम्न जान लायक छैन । भुकम्पले क्षति ग्रस्त वसन्तपुरको एतिहासिक संस्कृति सम्पदाहरु हेर्दा लाग्छ यसले नेपालको इज्जत नै घटाइरहेको छ ।

वसन्तपुर दरवार क्षेत्र

विश्वसम्पदा सूचिमा सूचिकृत वसन्तपुर दरबार क्षेत्र भूकम्पले क्षतिग्रस्त भएको थियो । तर क्षतिग्रस्त भएको ४ वर्षभन्दा बढि वितिसक्दा पनि पुनः निर्माण हुन सकेको छैन । वसन्तपुर मात्रै होइन, काठमाण्डौका अधिकांश संरचना पर्यटकले हेर्न लायक छैनन् । विगतमा सबैका लागि हेर्नलायक र आकर्षक मानिन रानीपोखरी पनि भूकम्पले क्षतिग्रस्त बनाएपछि पुनः निर्माण हुन सकेको छैन ।

रानी पोखरी

यि त केही उदाहरण मात्रै हुन् । सरकारले संस्कृति सम्पदा बनाउन नसकेका कारण २० लाख विदेशी पर्यटक भित्राउने महत्वकांक्षी लक्ष्य देखिएको अधुरो देखिन्छ । सन् २०११ मा लिएको १० लाख पर्यटकको लक्ष्य पूरा गर्न सन् २०१८ सम्म पर्खनुपरेको नेपालले त्यसको दुई वर्ष पछि पर्यटक संख्या करिब दोब्बर बनाएर २० लाख पुर्याउने राखेको छ । भुकम्प गएको ४ बर्ष बितिसक्दा पनि अहिले सम्म पुर्णनिमार्णको कामले तिब्रता नहुदा भ्रमण वर्ष लक्ष्यअनुसार सफल हुनेमा आशंका उब्जिएको छ ।

रानी पोखरी

किनकी काठमाण्डौका केही सम्पदा मात्रै होइन, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधार पनि प्रभावकारी देखिएको छैन । उता देशैभरका होटल र सडकको अवस्था पनि उस्तै छ ।



प्रतिक्रिया दिनुहोस्