Logo

धन्यन्तरी फुटसलद्वारा रक्तदान कार्यक्रम सम्पन्न



कात्तिक २३, काठमाडौँ । राजधानीको हाँडीगाउँमा धन्यन्तरी फुटसलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । देशभर रगतको अभाव परिरहेको बेला सो फुटसलले रक्तदान कार्यक्रमको आयोजना गरि रगत संकलनमा सहयोग पु¥याएको छ । खेल क्षेत्रको विकास र व्यवसायिकतासंगै सामाजिक रुपमा कार्य गर्दै आईरहेको उक्त फुटसलले शनिवार मेडीसिटी हस्पिटलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेकपा केन्द्रिय सदस्य एवम् प्रदेश सांसद नारायण सिलवालले रक्तदानले दुर्घटना तथा विभिन्न रोग लागेका विरामीहरुलाई रगत अभाव हुनबाट बचाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन् । सांसद सिलवालले सामाजिक तथा सचेत व्यक्तिहरुले आफ्नो एक पाउण्ड रगत दान गरेर अरु व्यक्तिको जीवन बचाउन सफल हुने कुरालाई इंकित गर्दै देशभर रक्तदान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

साथै उनले रक्तदानबारे सबै समुदायलाई सचेत गराएर अभियान सञ्चालन गरेमा रगतको अभाव नहुने बताए । त्यस्तै धन्यन्तरी फुटसलका अध्यक्ष मदन कोईरालले विभिन्न सञ्चारमाध्यममा रगतको अभावबाट ज्यान गुमाएकाहरुको समाचार सुनेपछि रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।

आफ्नो फुटसलको आयोजनामा पहिलो पटक रक्तदान कार्यक्रम गरी रगतको बचत गर्न पाउँदा खुसी व्यक्त गरे । करिव ४६ जनाले रक्तदान गरेको र यस अभियानलाई निरन्तरता दिने प्रतिवद्धतामा जोड दिए । रक्तदान कार्यक्रममा अतिथिहरु काठमाडौँ महानगरपालिका वडा नं. ४ का अध्यक्ष मोहन विष्ट, ५ का अध्यक्ष रमेश डंगोल रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्