Logo

देउवाले भने-भारतीय सुरक्षा बल रहेको कालापानी फिर्ता गराउन गरिने पहलमा हाम्रो पूर्ण साथ



काठमाडौं, २३ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालापानीलगायतको भूमि नेपालको भएकाले सरकारले उक्त भुभाग फिर्ता लिन उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्ने बताएका छन् । उनले यसका लागि काँग्रेसको सरकारलाई पूर्ण साथ रहेको बताएका छन् ।

शनिबार ट्वीटमार्फत् देउवाले कालापानीमा भारतीय सुरक्षा बल रहेको क्षेत्र नेपालको हो भन्दै कालापानी पश्चिमको नदी महाकाली भएको समेत बताएका छन् ।

सुदुरपश्चिम गृहक्षेत्र रहेका देउवाले कालापानीको भूगोलको समेत व्याख्या गरेका छन् । उनले ट्वीटमा भनेका छन्,’भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भुमी नेपालको हो । कालापानी पश्चिमको नदि महाकाली नदि हो। सो पुर्वका हाम्रा सबै भुभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्छ । यसका लागि हाम्रो पुर्ण साथ रहनेछ ।’



प्रतिक्रिया दिनुहोस्