Logo

क्रेज बढ्दै छ परम्परागत पोसाकको



काठमाडौं, कात्तिक २४ । मौलिक पहिरन हाकु पटासी, आङ्गी पाङ्देन, बख्खु दोचा, गुन्युचोलो, दौरासुरुवाल लगाउँदा लाज मान्ने युवापुस्ता अहिले यस्ता पहिरनले आफू ‘फेसनेबल’ भएको अनुभव गर्ने गरेका छन् ।
युवा पुस्तामाझ ह्यान्डलुम, ह्यान्डिक्राफ्ट तथा मेड इन नेपाल कन्सेप्टको माग बढेको फेसन डिजाइनरहरूको अनुभव छ । जसमा थरिथरि ढाका, जुट, अल्लो, सिसौ, जुट, हाकु पटासी, हेम, गाँजाजस्ता नेपाली उत्पादनबाट तयार पारिएका पहिरनप्रति आकर्षित हुनेहरूको सङ््ख्या बढेको छ ।
ढाका, भातगाउँले टोपी पनि युवामाझ निकै रुचाइएको छ । उनीहरू यसले मौलिकता देखिनुका साथै फेसनेबल देखिने पनि विश्वास गर्छन् । अङ्ग्रेजी एक तारिखमा सबैले नयाँ वर्ष मनाउँदा नेपालीले राष्ट्रिय टोपी दिवस मनाएको कारण पनि नेपाली टोपीप्रति युवा पुस्ताको मन तानेको अभिनेता विल्सनविक्रम राई बताउछन । उनले पनि कुनै पनि कार्यक्रमका लागि मौलिक पहिरन नै छान्ने गरेको बताए ।

गोरखापत्र



प्रतिक्रिया दिनुहोस्