Logo

चौकी छाड्न प्रहरीलाई धम्की



कावासोती, कार्तिक २४ । अज्ञात समूहले पूर्वीनवलपरासीको हुप्केकोट गाँउपालिका ५, धौवादी रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय रुद्रपुर खाली गर्न धम्की दिएको छ । प्रहरी नायव निरिक्षक गंगाराम कोइरीलाई प्रहरी कार्यालय खाली गर्न धम्की आएको हो ।

कोइरीको मोबाइलमा अज्ञात समुहबाट युद्व गर्ने भए युद्वको लागि तयार भएर बस नभए हतियार छोडेर चौकी खाली गर भनेर म्यासेज आएको थियो । अज्ञात समूहबाट धम्की आएपछि तत्कार जिल्ला प्रहरी कार्यालयमा खवर गरिएको कोइरीले जानकारी गराए ।

म्यासेज मार्फत प्रहरी कार्यालय खाली गर्न धम्की आएपछि अहिले जिल्लाका सुरक्षा निकायलाई प्रहरी नायब उपरिक्षक अर्जुन रानाभाटले बताए ।

घटनाबारे जानकारी प्राप्त भएपछि कार्यालयबाट प्रहरी निरिक्षक राजन ढकालको नेतृत्वमा टोली इलाका प्रहरी कार्यालय रुद्रपुर पठाइएको रानाभाटले बताए । टोली घटनाबारे अनुसन्धान सहित इकालका कार्यालयको सुरक्षामा जोड दिएको खवर आजको गोरखापत्र दैनिकले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्