Logo

कोकाकोला पहिलो प्लास्टिक प्रदुषक



काठमाडौं, कार्तिक २४ । प्लास्टिकबाट विश्वव्यापी वातावरणीय प्रदूषणका लागि कोकाकोला ब्रान्ड मुख्य जिम्मेवार रहेको पाइएको छ । छ महादेशका ५१ देश समेटेर ब्रेक फ्री फ्रम प्लास्टिकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबैभन्दा धेरै प्लास्टिक फोहोर उत्पादन गर्ने प्रतिष्ठानमा कोकाकोला परेको हो । उसको अध्ययनमा गत वर्ष पनि कोकाकोला नै पहिलो स्थानमा थियो ।

ब्रेक फ्रिले अध्ययनमा भनेको छ, वातावरण संरक्षण क्षेत्रमा सक्रिय अन्तर्रा्िष्ट्रय संस्था नेसनल जिओग्राफिकका अनुसार विश्वभर प्रतिमिनेट १० लाख टन प्लास्टिक उत्पादन हुन्छ ।

पुनः प्रयोग गर्न मिल्ने भए पनि उत्पादितमध्ये ९ प्रतिशत मात्रै पुनः उत्पादनमा जाने गरेको छ । बाँकी १२ प्रतिशत जलाएर नष्ट गरिन्छ । यसले वायु प्रदूषणलाई बढावा दिन्छ । बाँकी ७९ प्रतिशत प्लास्टिक डम्पिङसाइट या अन्य क्षेत्रमै रहेको हुन्छ ।

पोलिथिन टेरिफ्थालेटबाट बन्ने प्लास्टिकका बोतल प्राकृतिक रूपमै नष्ट हुन चार सय वर्ष लाग्छ । एक अध्ययन प्रक्षेपणअनुसार सन् २०५० सम्ममा १२ अर्ब मेट्रिक टन प्लास्टिक फोहोर विश्वमा थपिँदै छ । आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्