Logo

क–कसलाई भेट्दैछन् बंगलादेशी राष्ट्रपति ?



काठमाडौं, कात्तिक २४ । पछिल्लो चरणमा छिमेकी मुलुकका राष्ट्रप्रमुखहरूको नेपाल भ्रमण बाक्लिदै गएको छ । यसैक्रममा जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलवार नेपाल भ्रमणमा आउने भएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । उनी नेपालमा कात्तिक २६ गतेदेखि २९ गतेसम्मको औपचारिक भ्रमणमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा उनले नेपालका राष्ट्रपति भण्डारीलगायतका व्यक्तित्वहरूसँग भेटघाट गर्नेछन् । स्रोतका अनुसार, हमिदले प्रधानमन्त्री केपी शर्मा ओलीका अतिरिक्त नेकपाका अर्का अध्यक्ष, पुष्पकमल दाहाल प्रचण्ड, नेता, माधव नेपाल, झलनाथ खनाल, नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा, महमन्त्री शशांक कोइराला, रामचन्द्र पौडेल तथा मधेसी र अन्य दलका शर्षि नेताहरूसँग पनि भेटवार्ता गर्नेछन् । नेपालमा रहँदा उनले पोखरा तथा काठमाडैंका विभिन्न ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्