Logo

जापानी महिला कामदारले चश्मा लगाउन नपाइने



एजेन्सी, कार्तिक २४ । जापानका केहि कम्पनीहरुले आफ्ना महिला कामदारहरुलाई चश्मा नलागाउन निर्देशन दिएपछि काममा चश्मा लगाउनु निकै विवादस्पद विषय बनेको छ ।

जापानका केहि स्थानिय सञ्चार माध्ययमहरुले भिनिन्न कारण् देखाएर केही कम्पनीहले आफ्ना महिला कर्मचारीलाई चश्मा लगाउन प्रतिबन्ध लगायको जनाइएको छ ।

केही खुद्रा पसलहका चश्मा लगाउने महिला कामदारहरुले यस नीतिप्रति उदासिनता व्यक्त गरेका छन् । कार्यलयमा महिलाहरुको पोशाक नियमलाई लिएर अहिले जापनका समाजिक सञ्जालमा चर्काे बहश चलिरहेको छ ।

निप्पोन टेलिभिजन नटवर्क र बिजिनेस इन्साइडरले पनि चश्मामाथि बन्देज लगाउने पक्षमा उभिएका छन् । ती कम्पनीहले एयरलाइनको महिला कामदारहरुको सुरक्षा कारण अधि सारेका छन् भने सौन्दर्य क्षेत्रमा भने चश्माको कारण श्रृगार राम्ररी नदेखिने गरिएको बताइएको छ ।

तर, ती तथाकथित प्रतिवन्धहरु कम्पनीका नीति नै हुन कि हैनन् भन्ने स्पष्ट भएको छैन । क्योटो युनिर्भ्सिटी अफ फरेन स्टडिजका समाजशास्त्रका प्राध्यापक कुमिको नेमोतोले भनेकी छन् ‘जापानी जनताले यस्ता पुरातन नीतिको विरोध गरिरहेका छन् ।

महिलाहरुले किन चश्मा लगाउनु हुन्न भन्ने स्पष्ट कारण नै देखिदैन ।’ यो पूर्णतः विभेदकारी लैंगित विषय मात्रै हो परम्परागत जापानी रुढीवादी सोचको प्रतिबिम्ब मात्र भएको उनको भनाई रहेको छ ।



प्रतिक्रिया दिनुहोस्