Logo

कालापानी क्षेत्रको मुद्दा नेपाल, भारत र चीन बसेर सुल्झाउनुपर्छ-पूर्व राजदूत, हिरण्यलाल श्रेष्ठ



काठमाडौं, २४ कात्तिक । पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ राजनीतिक र सामरिक विषयमा गहिरो अध्ययन गर्छन् । उनले कालापानीको मुद्दा कुटनीतिक माध्यमले टुंग्याउनुपर्नेमा जोड दिएका छन् । उनीसँग ऋषि धमलाले गरेको कुराकानीः

प्रधानमन्त्रीले सर्वदलीय बैठकमा के भन्नुभयो ?
प्रधानमन्त्रीले यो लामो समयदेखिको गम्भीर विषय हो । यसको छलफलले दिशानिर्देश गरेको छ । यसलाई कुटनीतिक प्रयासबाटै सुल्झाउनुपर्छ भन्ने सबैको एउटै राय छ । राष्ट्रिय जनमतमा आएको एकरुपताले बल दिएको छ, भन्नुभयो ।
अब कालापानी नेपालकै हो भन्ने राष्ट्रिय सहमति भयो हो ?
यो नेपालकै हो, यसमा राजपालगायत सबै दलहरुले यसमा सहमति जनाएका छन् ।
राजपाका नेताहरुको भनाईं के थियो ?
उहाँहरुले पनि आफ्ना सबै प्रमाणहरु राखेर कुटनीतिक तवरबाटै यो समस्याको समाधान खोज्नुपर्छ भन्नुएको छ ।
त्यसको लागि नेपालका सबै नेताहरु तयार छन् ?
अहिले देखिएको समस्या समस्या समाधान गर्न कुटनीतिक प्रयास गर्नुपर्छ भन्नेमा सबै नेताहरु तयार छन् । यो बैठकको सबै भन्दा राम्रो पक्ष भनेको सर्वपक्षीय रुपमा राष्ट्रिय एकता हुनु हो । यस राष्ट्रिय सहमति र राष्ट्रिय एकताले प्रधानमन्त्रीलाई वार्ताको लागि बल प्रदान गरेको छ । राष्ट्रियतहबाटै माथिल्लो लेभलबाट समाधान खोज्नुपर्छ भन्नेमा सहभागीहरुको जोड रह्यो ।
प्रधानमन्त्रीले सिधै भारतीय प्रधानमन्त्रीसँग कुरा गर्ने हो ?
केही समय यता दुई प्रधानमन्त्रीबीच राम्रो सम्बन्ध पनि छ । अहिले भारत र चीन दुवै देशबीच नै राम्रो सम्बन्ध छ । फेरि त्यो लिम्पियाधूरा भन्ने ठाउँ त त्रिदेशीय बिन्दु हो, जहाँ तिनवटै देशको सम्बन्धको कुरा हुन्छ । हाम्रो सीमानाको जिरो प्वाइन्ट कहाँबाट शुरु हुन्छ भनेर टुंगिएको छैन । चीनसँग सम्झौता गर्दा लिपुलेकमाथिबाट मात्र सुरुभएको छ । त्रिपक्षीय वार्ता गर्दा लिम्पियाधूराबाटै जिरो प्वाइन्ट शुरु हुनुपर्छ भनेर सुझाव मैले दिएको छु ।
लिम्पियाधूराबाटै हुनुपर्छ, तर त्यसमा भारत तयार हुनुपर्यो नि ?
अहिले कति राम्रो सम्बन्ध भइरहेको छ, मोदी र सीको बीचमा । नेपाल आउनुअघि पनि सीले मोदीलाई नै भेटेर आउनुभयो । अहिले विश्वमा छिटो भट्ने नेताहरुमध्ये सी र मोदी नै हुनुहुन्छ । उहाँहरुको त्यो सम्बन्धबाट हामीले लाभ लिने हो । चीन र भारतकै राम्रो सम्बन्ध भएपछि किन हाम्रो सीमानाभित्र बस्ने ? तपाईंहरुले अन्तैबाट वाच गर्न सक्नुहुन्छ । वार्ता हुनुअगाडि नै ठाउँ छोड्नुपर्यो । ‘बल मिच्याइँको प्रवृत्ति छोड्नुहोस्’ भन्दा कन्मिन्स हुनुसक्ने अवस्था छ । यसमा अरुको सम्बन्धै छैन, चीनको सीमाना जोडिने ठाउँ नै लिम्पियाधूरा भएकाले चीनसँग नै सरोकार छ । त्यसकारण तीनवटै बसेर सहमति गर्नुपर्छ ।
भारतले त नेपालको प्रस्तावलाई अस्वीकार गरिसक्यो नि ?
भारतले यो पनि भनेको छ नि, ‘वार्ता जारी छ, हामी समाधान निकाल्छौं’ भनेर । भारतीय प्रवक्ताको दुई खण्डमा स्टेटमेन्ट आएको छ । एउटा खण्डमा आफ्नो ‘हामीले चेन्ज गरेका छैनौं’ भनेको छ । तर, चेन्ज भएको छ, चेन्ज कहाँ गर्यो भन्दा सुगौली सन्धिअनुसार काली नदी नै सीमाना हो । उहाँहरुको अहिलेको नक्साअनुसार कालापानीको नदीको उद्गमनै होइन । त्यो हेर्दा उहाँहरुले चेन्ज गरेको देखियो ।
हिजोको बैठकको निष्कर्ष के हो ?
हिजोको बैठकको निष्कर्षमा मैले त अझ एउटा सर्वदीय एउटा मेकानिजम बनाउनुपर्छ भनेको छु । त्यो भारतलगायत अरु मुलुकमा पनि छ । सर्वदलीय परराष्ट्र परामर्स समिति बनाएर त्यसमार्पmत कुटनीतिक पहल गर्नुपर्छ ।
यो निष्कर्षपछि अब के होला ?
यो सर्वपक्षीय निष्कर्षपछि जनतालाई सही कुरा सुसुचित गराउनुपर्छ भन्ने पनि भएको छ । सबै जनसमुदायको राष्ट्रिय एकताको बल लिएर अगाडि बढ्ने भन्ने छ । अर्को अहिलेको समाधान कुटनीतिक पहलबाटै खोज्ने हो । आफ्नो अडानमा सबै दृढताकासाथ अगाडि बढ्ने हो । यो समस्या त्रिपक्षीय वार्ताबाटै सुल्झिन सक्छ । जसरी यो नक्साले एउटा परिघटनाको रुप लिएको छ । यो चुनौतिबाट अवसरको परिणाम खोज्ने हो । अहिले नेपाल, चीन र भारत तीनवटै मुलुकमा स्टेट सरकार छ, त्यसकारण साधान खोज्ने उपयुक्त समय नै यही हो भन्ने निचाड सबैको रहेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्