Logo

देउवालाई रिस किन उठ्छ ?



काठमाडौं, कार्तिक २४ । नेपाली कांग्रेस समर्थित नेविसंघले बूढाखाडा नेताहरुलाई संघको पदाधिकारी बनाएकामा विरोध जनाएको छ । विद्यार्थी संघमा बुढाहरु किन? अहिले नेविसंघ कार्यकर्ताको माग नै यही रहेको छ ।

नेविसंघले यस्तो माग तेस्र्याएपछि पार्टी सभापति शेरबहादुर देउवा भने अन्यन्तै रिसाए । टेलिभिजनमा प्रसारणै गर्न नमिल्नेसम्मको शब्द प्रयोग गरी कार्यकर्तालाई गाली गरे । त्यो स्वाभाविकै हो । किन स्वाभाविक भने विद्यार्थी संघ भन्दैमा त्यहाँ बूढाहरु राख्नै हँदैन भन्ने कही छ?

हाम्रो त भनाइ नै छ, विद्या आर्जन गर्न उमेरले छेक्दैन । जो विद्या आर्जन गर्छन, ती विद्यार्थी हुन । अहिले पनि हेर्नुस, ६५ बर्ष उमेर पुगेका बूढा विद्यार्थी नातिनातिनासंग एसईई परिक्षा दिन आईरहेका छन् । विद्यार्थी संघ भनेपछि उमेर जतिसुकै होस, विद्यार्थीलाई सदस्य हुने अधिकार दिनैपर्छ ।

पोहोर साल हेर्नुस, नायिका करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले एसईई पास गरे । अहिले उनीहरु प्लस टु पढिरहेका छन् । भोली करिश्माले नेविसंघको सदस्यता मागिन भने दिन्न भन्न पाइन्छ? अब यसरी करिश्मालाई समेत सदस्यता दिनबाट रोक्ने खालको माग तेस्र्याएपछि देउवालाई रिस उठदैन । सुरेश करणले नेपाल साप्ताहिकमा लखेका छन् ।



प्रतिक्रिया दिनुहोस्