Logo

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको सभापतिमा पाँचौपटक बस्नेत



खोटाङ, २४ कात्तिक : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको सभापतिमा पुनः कुमारसिंह बस्नेत चयन भएका छन् । दिक्तेलस्थित रेडक्रसको सभाहलमा शनिबार सम्पन्न ११औँ जिल्ला अधिवेशनबाट बस्नेत पुनः पाँचौँ कार्यकालका लागि सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।

१७ सदस्यीय रेडक्रसको नयाँ कार्यसमितिको खुला उपसभापतिमा भीमबहादुर सैँजु, महिला उपसभापतिमा रमाकुमारी बस्नेत, मन्त्रीमा छत्रकुमार बजिमय, कोषाध्यक्षमा नवराज केसी, उपमन्त्रीमा लीलाबहादुर खत्री र उपकोषाध्यक्षमा पर्शुराम विश्वकर्मा सर्वसम्मत चयन हुनुभएको छ । यस्तै, खुला सदस्यमा ज्ञानेन्द्र जोशी, भागवत घिमिरे, कृष्णप्रसाद आचार्य, गणेश राई, अशोक आचार्य, भद्रबहादुर बस्नेत र कृष्णप्रसाद अधिकारी चयन भएका नवनिर्वाचित मन्त्री बजिमयले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्