Logo

बिहानीको शीतमा केकीले देखिन् कहानी



अभिनेत्री केकी अधिकारीले जाडोयममा बिहानीपख पर्ने शीतको कहानी देखेकी छिन् । उनले आफ्नो ट्वीटरमा यस्तै भाव युक्त कुरा ट्वीट गरेकी छिन् । उनले “बिहानीमा सुकी जाने शीतको पनि कहानी छ ।” भनेर ट्वीट गरेकी हुन् ।

कस्तो र के कहानी हुन्छ भन्ने कुरा भने उनले उल्लेख गरेकी छैनन् । केकी अहिले आफ्नो पछिल्लो समय रिलिज भएको चलचित्र “छ माया छपक्कै” को सफलतामा रमाइरहेकी छिन् । यो चलचित्रले उनको स्टारडमलाई पनि उच्च स्थानमा पुर्याएको देखिन्छ । दशैंको अवसर पारेर २५ असोजदेखि देशव्यापी प्रदर्शनमा आएको यो चलचित्र अझै मल्टिप्लेक्सहरुमा सञ्चालन मै छन् । दिपेन्द्र लामा निर्देशित राजनीति परिवेशमा आधारित यो चलचित्रलाई सबैले मन पराएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्