Logo

एइबरमाथि रियल मड्रिडको फराकिलो जित



स्पेन, २४ कात्तिक । रियल मड्रिडले एइबरलाई स्पेनिस ला लिगा अन्तरगत भएको खेलमा शनिबार ४–० ले पराजित गरेको छ । रियलको जितमा करिम बेन्जिमाले दुई गोल तथा सर्जियो रामोस र फेदेरिको भाल्भेर्दीले एक गोल गरे । टोलीलाई पहिलो अग्रता बेन्जिमाले खेलको १७ औं मिनेटमा गोल गर्दै सिलाएका थिए । त्यसपछि टोलीका लागि दोश्रो गोल रामोसले २० औं मिनेटमा गरे ।

२९ औं मिनेटमा बेन्जिमाले फेरी टोलीलाई प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै पहिलो हाफको समाप्तीमा ३–० को अग्रता दिलाए। रियलका लागि चौथो गोल भाल्भेर्टीले खेलको ६१ औं मिनेटमा गरेका थिए । यो खेलसँगै रियलले २५ अंक जोडेको छ । तर, उ अंकतालिकामा दोस्रो स्थानमा छ । गोल अन्तरको आधारमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। एजेन्सी



प्रतिक्रिया दिनुहोस्