Logo

लोहनीद्वारा पूर्वराजा ज्ञानेन्द्रको बचाउ, ओली-मोदीको आलोचना (भिडियोसहित)



राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वराजा ज्ञानेन्द्र शाहको बचाउ गरेका छन् । तर, उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भने आलोचना गरेका छन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भुमी भएको बताउँदै उनले भारतीय नक्शामा राखिएकोमा कडा आपत्ति जनाए । यसबारेमा प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलाउनु अत्यन्तै राम्रो भएको प्रतिक्रिया दिए । हिजो बालुवाटारमा बैठकमा सहभागी हुँदै गर्दा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठक आयोजनाको लागि धन्यवाद दिएको पनि सुनाए ।

१८१६ र १८२६ मा निकालिएको नक्शामा पनि लिम्पियाधुरा नेपालकै हो भन्ने कुरा स्पष्ट रहेको उनले दाबी गरे । उनले भने,‘नेपाल सरकारले भारतीय पक्षसँग विवादबारे भन्नुपर्छ । नेपालले आफ्नो निकाल्ने नक्शामा कालापानी नेपालको क्षेत्रमा स्पष्ट राख्नुपर्छ ।’ नेपाल सरकारले अहिलेसम्म सिमा विवादको कुरा उठाउँदै नउठाएको उनको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस्