Logo

शूटिङ्गको क्रममा अक्षय घाइते



बलिउड अक्षय कुमार घाइते भएका छन् । उनी फिल्म “सूर्यवंशी” को शूटिङ्गको क्रममा घाइते भएका हुन् । चलचित्रको एक सीनमा काम गर्दागर्दै उनको हातमा चोट लागेको हो । उनको बाँया हातको नसामा असर परेको थियो । उपचार पछि उनले पुनः शूटिङ शुरू गरेका छन् ।

रोहित शेट्टीको आगामी चलचित्र ‘सूर्यवंशी’ मा अक्षयले अभिनेत्री कटरीना कैफसँग रोमान्स गर्ने भएका छन् । फिल्ममा अक्षय, करिनासँगै अभिनेता रणवीर सिंह र अजय देवगन पनि रहनेछन् । प्रहरीको भूमिकामा देखिन लागेका अक्षयको यो फिल्म २७ मार्चमा प्रदर्शन हुने जनाइएको छ ।

चर्चित निर्माता रोहित शेट्टी र करण जौहरको निर्माणमा रहेको यो चलचित्रका सीनहरू बैंकक, हैदरावाद र मुम्बईको भएको जनाइएको छ । फिल्मको शूटिङ्ग धमाधम भइरहेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्