Logo

थाइल्याण्ड आमहत्यामा संलग्न सात जना विद्रोही लडाकू गिरफ्तार



बैंकक, २४ कात्तिक । थाइल्याण्डको दक्षिणी क्षेत्रमा आमहत्यामा संलग्न रहेको आरोपमा सात जना विद्रोही लडाकूलाई गिरफ्तार गरिएको थाई सेनाले जनाएको छ ।

थाई सेना र प्रहरीको संयुक्त गोप्य कारबाहीमा शुक्रबार राति उनीहरुलाई नियन्त्रणमा लिएको छ । थाइल्याण्डका उपप्रधानमन्त्री जनरल प्रवित वोङसुआनले याला प्रान्तमा विद्रोहीको आक्रमणमा १५ जना सर्वसाधारण नागरिकको ज्यान गएपछि सुरक्षाफौजले कारबाही अगाडि बढाएको जानकारी दिए । स्वायत्तताको माग राखी याला प्रान्तमा वर्षौंदेखि सशस्त्र विद्रोह चलिरहेको छ ।

पछिल्लो सैन्य कारबाहीका क्रममा शंकास्पद १३ जना विद्रोही पक्राउ परिसकेको सेनाले जनाएको छ । सैनिक प्रवक्ता प्रमोत प्रोमिनले आमहत्यामा कम्तीमा ३० देखि ४० जना संलग्न रहेकाले अन्यको खोजी व्यापक बनाइएको बताए । उक्त आक्रमणका बारेमा कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्