Logo

आयुषमानको बालाको दुई दिने कमाई



बलिउड अभिनेता आयुषमान खुराना अभिनीत फिल्म बालाले दुई दिनमा २५ करोड ८८ लाख कमाएको छ । प्रदर्शनको पहिलो दिन १० करोड १५ लाख र दोस्रो दिन १५ करोड ७३ लाख गरेर दुई दिनमा २५ करोड ८८ लाखको व्यापार गरेको हो । अमर कौशिक निर्देशित फिल्ममा आयुषमानलाई एक तालु खुइले मान्छेको रुपमा प्रस्तुत गरिएको छ । कपाल उमार्न उनले गरेको संघर्षलाई पनि फिल्ममा देखाइएको छ ।

“बाला” आयुषमानको अहिलेसम्मको ओपनिङ्ग दिनमा सबैभन्दा बढी १० करोड १५ लाख कमाई भएको पहिलो फिल्म भएको छ । केही महिनाअघि आयुषमानको “ड्रीम गर्ल” प्रदर्शनमा आएको थियो । यो फिल्मले पनि राम्रौ कमाई गर्यो । एकपछि अर्काे गर्दै आयुषमानले राम्रो फिल्महरु गर्दैछन् । “बाला” मा अभिनेत्री भूमि पेडनेकर, यामी गौतम र अभिनेता सौरभ शुक्लालगायत अन्य कलाकारहरुको भूमिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्