Logo

कस्तो रह्यो “कबड्डी ३” को ५१ दिने यात्रा



अभिनेता दयाहाङ राई अभिनीत चलचित्र “कबड्डी ३” ले ५१ दिने यात्रा सफलतापूर्वक पार गरेको छ । यो चलचित्रले २३ कात्तिक राजधानीका पाँच हलमा प्रदर्शनको ५१ दिन मनाएको हो । बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण हलमा फिल्मले प्रदर्शनको ५१औं दिन मनाएको छ । रामबाबु गुरुङ निर्देशित यो चलिचित्र ३ असोजमा रिलिज भएको थियो ।

चलचित्रले ५१ दिनसम्म आइपुग्दा १४ करोड ग्रसको आँकडामा कमाई गरेको कलेक्सन रिपोर्ट वितरक कम्पनी स्टेशन फाइभले सार्वजनिक गरेको छ । यो ‘कबड्डी’ सिरिजमा सबैभन्दा ठूलो व्यापार गर्ने फिल्म हो । अघिल्ला दुई सिरिजले बक्सअफिसमा ७ करोडभन्दा बढी छाप्न सकेका थिएनन् । ‘कबड्डी ३’ यस वर्षको ५१ दिन मनाउने तेस्रो चलचित्र बनेको छ । यसअघि ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ ले ५१ दिन मनाउन सफल भएका थिए ।

शैलेन्द्र डि. कार्कीले खिचेका ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणी नेपाल, माओत्से गुरुङ, विजय बराललगायत अन्य कलाकारहरुको अभिनय छ ।



प्रतिक्रिया दिनुहोस्