Logo

चितुवा र कुकुरको प्रेम (भिडियोसहित)



सामाजिक सञ्जालमा चितुवा र कुकुरको प्रेम देखिने एउटा भिडियो सेयर भएको छ । सिन्सिनाटी चिडियाघर र बोटानिकल गार्डनले उक्त भिडियो सेयर गरेको हो । सिन्सिनाटी चिडियाघर र बोटानिकल गार्डनलाई विश्वमा नयाँ नयाँ अदभुत जङ्गली जनावरहरु परिचती गराउने ठाउँको रुपमा चिनिन्छ । सार्वजनिक गरिएको भिडियोमा दुई जनावरहरु फरक प्रजातिको हुँदा पनि एकअर्कासँग खुसी भएको देखिन्छ ।

चितुवा र कुकुरको त्यो बच्चालाई क्रिस र रिमस नाम दिइएको छ । यस वर्षको सुरुमा चिडियाघरको मष्ट फार्म प्रजनन केन्द्रमा क्रिसको जन्म भएको थियो । एक्लो चितुवाको बच्चालाई हेर्किन गाह्रो हुने विचारले चिडियाघरको टिमले क्रिसलाई उद्धार गरिएको रिमससँग राखे । अहिले चितुवा र कुकुरलाई सामाजिक सञ्जालमा सबैले मन पराएका छन् । यी दुई जनावरहरु यतिबेला सामाजिक सञ्जालमा मित्रताको ठूलो उदाहरण बनेका छन् ।

हेर्नुहोस् भिडियोः

View this post on Instagram

BFF sleepover with Kris & Remus! ? ?

A post shared by Cincinnati Zoo (@cincinnatizoo) on

Photo Source: cincinnatizoo Instagram



प्रतिक्रिया दिनुहोस्