Logo

विप्लवसम्वद्ध एक दर्जन विद्यार्थी पक्राऊ



काठमाडौं, २४ कात्तिक । प्रहरीले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्वद्ध एक दर्जन विद्यार्थीलाई गिरफ्तार गरेको छ । आइतबार माइतीघर मण्डलामा भारतले नयाँ नक्शामा कालापानी राखेर जारी गरेको विरोधमा उत्रिएका उनीहरुलाई गिरफ्तार गरेको हो ।

माइतीघर मण्डलामा झण्डा र कालो ब्यानरसहित आएका उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । विद्यार्थीहरुले नारावाजी गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीले बल प्रयोग गरी गिरफ्तार गरेको हो ।

विप्लवसहित नेताहरु भूमिगत रहेको अवस्थामा कालापानीको मुद्दामा विद्यार्थी नेता कार्यकर्ता सक्रिय भएका छन् । उनीहरुको सक्रियतालाई प्रहरीले कडा निगरानीमा राखेको बुझिएको छ ।

Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्