Logo

बर्बरिक जस्को पक्ष लाग्यो उसको जीत हुने भएपछि कृष्णले छल गरी बध गरे



बर्बरीक महाबली भीम, हिडिम्बा र घटोत्कक्षका छोरा थिए । उनी महान योद्धा थिए ।  बर्बरीकको जन्म राक्षस समुदायमा भएको हुँदा उनको शरीर बलवान र ठूलो थियो । बाल्यकाल देखि नै कामख्या देवीको ध्यान गरेकै कारण बरदान पाएका थिए । उनलाई युद्धमा कसैले हराउन सक्दैन्थ्यो ।

बर्बरीकलाई देवी कामख्याले तीन अदभुत तीर दिएकी थिइन् । जसले सम्पूर्ण दुस्मनका सेनाहरु सखाप पारिदिन्थ्यो । कौरव र पाण्डवका बीचमा महाविनाशकारी युद्ध चलिरहेको बेला कमजोर पक्षलाई साथ दिने सपथ लिइ युद्धमा सामेल भए ।
बर्बरीक युद्धको मैदान तर्फ अगाडि बढिरहेका थिए । त्यस समयमा कौरवको हालत धेरै कमजोर भइसकेको थियो । बर्बरीक कौरवका पक्षबाट लड्न तयार भए ।

श्रीकृष्णले थाहा पाए बर्बरीकले जीतलाई हारमा परिणत गरिदिन्छन् । कृष्णले बर्बरीकको बध गर्ने निर्णय लिए । उनी युद्धको मैदानमा पुगेर पासा पल्टाउनसक्ने भएकाले त्यो भन्दा पहिले नै श्रीकृष्ण उनको नजिक पुगे ।

श्रीकृष्णले बर्बरीकसँग भने- महावीर तिमी युद्धमा कसको तर्फबाट सहभागी हुन्छौ । बर्बरीकले उत्तर दिए- जुन पक्ष कमजोर हुन्छ उसैको तर्फबाट युद्ध गर्छु !

श्रीकृष्णले भने तिमीसँग त कुनै सेना छैनन् । तिमी कसरी युद्धमा आफ्नो पक्षलाई जिताउँछौ । बर्बरीकले भने- मसँग यस्तो दिव्यशक्ति छ । एक वाणबाट सम्पूर्ण दुश्मनको नाश गर्न सक्छु ।

श्रीकृष्णले भने-तिमी त्यो शिक्षा मलाई देखाउन सक्छौं भने एउटा रुखमा भएको सबै पातलाई तीरले छेडेर देखाऊ त्यसपछि म पत्याउँछु । त्यसपछि बर्बरीकले पालैपालो तीर प्रहार गरे ।

जब तीरले पात छेड्न थाल्यो र एउटा पात भुइँमा झर्यो । कृष्णले त्यस पातमाथि पाउँ राखेर पात छेड्नबाट जोगाउन खोजे । सबै पात छेडेर तीर कृष्णको पाउँमा आएर रोकियो ।

बर्बरीकले कृष्णलाई पाउँ हटाउन आग्रह गरे । बर्बरिकले भने- तपाईको पाउँ मुनी एक पात बाँकी छ तपाईले पात छेड्ने आज्ञा दिनुभएको हो पाउँ होइन । यो सुनेर कृष्ण चकित भयो ।

श्रीकृष्ण ब्राह्मणको भेषमा बर्बरीकको ढोकामा गए र भिक्षा माग्न थाले । बर्बरीकले भने- के माग्छौ ब्राह्मण ? के चाहियो ?जे माग्यो त्यो दिने बचनले बर्बरिकलाई बाँधे । बर्बरिकले मागेको दिने प्रतिज्ञा गरे । ब्राह्मण रूपी कृष्णले जालमा फसाएर बर्बरीकको शीर मागे । बर्बरिक बचनले बाँधिइसकेका थिए । प्रतिज्ञा गरेका उनी शीर दिन तयार भए ।

बर्बरिकको प्रतिज्ञा पालना देखेर श्रीकृष्ण पनि नतमस्तक भए । बर्बरिकले शीर दिनुअघि महाभारतको युद्ध प्रत्यक्ष हेर्न पाउँ भने । कृष्णले त्यो इच्छा पूरा गरिदिए । कुरुक्षेत्रमा चारतर्फ देखिने अग्लो स्थानमा उनको शीर राखिदिए । बर्बरिकले महाभारतको युद्ध प्रत्यक्ष हेरे ।

धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्