Logo

यी हुन् इन्टरनेटमा धेरै खोजिने नेपाली अभिनेत्रीहरु



वर्षेनी नेपाली चलचित्र क्षेत्रमा नयाँ नयाँ अभिनेत्रीहरुको अनुहारहरु देख्न पाइन्छ । सबैको मनमा बस्न सफल अभिनेत्रीहरु मात्र चलचित्र दुनियाँमा बसेको पाइन्छ । अभिनेत्रीहरुलाई उनीहरुको रुप, अभिनय क्षमता र प्रतिव्यक्ति धारणहरुको आधारमा धेरैले तुलना गर्ने गर्छन् ।

आफुलाई मन पर्ने अभिनेत्रीहरुको बारेमा प्रशंसकहरु चासो राख्छन् । उनीहरुको बारेमा धेरै भन्दा धेरै जानकारी राख्न खोज्छन् । इन्टरनेटले सबैलाई यस विषयमा पनि सहज बनाइदिएको छ । नेपाली चलचित्र क्षेत्रका इन्टरनेटमा बढी खोजिनेहरुको सूचीमा अभिनेत्री सृष्टि श्रेष्ठ, रिमा विश्वकर्मा, श्रृंखला खतिवडा, अमृता आचार्य, अन्ना शर्मा, वर्षा राउत, केकी अधिकारी, नम्रता श्रेष्ठ, निषा अधिकारी, प्रियंका कार्की, साम्राज्ञी राज्य लक्ष्मी शाह, स्वस्तिमा खड्का, माल्भिका सुब्बा, साहना बज्राचार्य, पुजा शर्मा र रेखा थापा पर्छन् ।



प्रतिक्रिया दिनुहोस्