Logo

ग्रेट वालमा सीख भजनर्कीतन (भिडियोसहित)



चीनको ग्रेट वालमा सीख समुदायले भजनर्कीतन गरेका छन् । गुरु नानकको ५५० औ जन्मदिनको अवसरमा विश्वभरको सीख समुदाय उत्साहित भएका छन् । जन्मदिनको अवसरमा भक्तजनहरु ग्रेट वाल अफ चाइना पुगेर उत्साह मनाएका भिडियो समाजिक सन्जालमा लोकप्रीय छ ।

ग्रेट वालमा भक्तजनहरु धार्मिक भजन गाउँदै रमाएका छन् । यस भजनर्कीतनमा चिनियाँ जनताहरु रमाउँदै गरेको देख्न सकिन्छ । सीख समुदायद्धारा चीनमा भएको एतिहासिक भजनर्कीतनले उत्साह जगाएको छ । गुरु नानकका जन्मदिनको आवसरमा पहिलो पटक सीख समुदायका लागी भारत र पाकिस्तानको सिमा क्षेत्रमा रहेको गुरुद्धारा खुलेको छ ।

पाकिस्तानको सिमामा रहेको गुरुद्धारा खुल्नासाथ भ्रमण गर्नेमा भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह, पन्जाबका मुख्यमन्त्री अमरिंदर सिंह सहित पाँच सय ५० भक्तजनहरु पुगेका थिए ।

Photo Source : The Indian Express

 



प्रतिक्रिया दिनुहोस्