Logo

सिटिजन लाइफले ल्यायो नयाँ जीवन बीमा योजना



काठमाडौं, २४ कात्तिक । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले अहिले बजारमा “शुभारम्भ जीवन बीमा” नामक नयाँ योजना ल्याएको हो । यस योजनामा कम्पनीले बीमितहरुको भावी योजनालाई सार्थक बनाउन न्यूनतम १० हजार बीमांक रकमको बीमा गर्न सकिने छ । यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितलाई डबल सुरक्षा दिने जनाएको छ ।

यसमार्पmत बीमितले साधारण मृत्यमा बीमांकनको डबल रकम र दुर्घटना मृत्युमा बीमांकको तीन गुणा रकम पाउने छन् । यसमा स्थायी, पूर्ण अशक्तता लाभ, बीमाशुल्क छुट लाभ, मासिक आय भाल, काजक्रिया खर्च तथा ५० लाखसम्मको घातक रोग उपचार खर्चलगायतका सुविधाहरु योजनामा उपलब्ध छन् । सयको संख्यामा नेपालभर पैmलिएका सिटिजन लाइफ इन्स्योरेन्सका शाखा कार्यालहरुबाट जीवन बीमा सेवा दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्