Logo

एनआईसी बैंक उच्च अदालत पाटन परिसरमा



काठमाडौं, २४ कात्तिक । एनआईसी एशिया बैंकको विस्तारित काउन्टर हरिहरभवन ललितपुरस्थित उच्च अदालत परिसर पाटनमा सञ्चालित भएको छ । बैंकको यस काउन्टरको उद्घाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले एक कार्यक्रमका बीच गरेका हुन् । कार्यक्रममा सुवेदीले उच्च अदालत पाटन परिसरमा बैंकको उपस्थितिले सेवाग्राहीलाई सुविधा हुन तथा शुल्क भुक्तानी प्रक्रियामा पनि आर्थिक पारदर्शिता हुने विश्वास व्यक्त गरेका थिए ।

उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले बताएका थिए । अदालतका रजिष्ट्रार बाबुराम दाहालले पनि यसबारे आफ्नो धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्