Logo

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा उपेन्द्र यादव अनुपस्थिति भएपछि…



काठमाडौं, २४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ सर्वदलीय सर्वपक्षीय बैठक डाके । कालापानीलाई समावेश गरेर भारतले नयाँ नक्शा सार्वजनिक गरेपछि सरकारले चाल्ने कदमबारे बाुवाटारमा डाकिएको बैठकमा पूर्व प्रधानमन्त्री देखि सत्तापक्ष र विपक्षका सबै नेताहरु सहभागी थिए ।

बैठकमा राष्ट्रिय जनता पार्टीका नेताहरु महन्थ ठाकुर, महेन्द्र राय यादवलगायत सबै सहभागी थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, नेता लोकेन्द्रबहादुर चन्दलगायत सहभागी थिए । अभूतपूर्व राष्ट्रिय एकता देखिने गरी भएको बैठकमा सत्तापक्षकै एकजना नेता सहभागी भएनन् । समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव अनुपस्थित भए । समाजवादीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई सहभागी भए ।

उपेन्द्र यादवको अनुपस्थितिलाई निकै चासोका साथ हेरिएको छ । उनले जानीबुझी अनुपस्थिति जनाए । यादवको अनुपस्थितिलाई लिएर मधेश केन्द्रित दलका नेताहरुले समेत चासो लिए । पछिल्लो समय प्रधानमनमन्त्री ओली उनीसँग अन्तुष्ट छन् । उनको गतिविधि विवादास्पद रहँदै आएको छ । यसले पनि उनको अनुपस्थितिले बढी चासो पाएको हो ।

यादवलाई सरकारबाट फिर्ता गराउन दबाब बढिरहेको छ । उनी भने सत्ता छाड्न मानिरहेका छैनन् । प्रधानमन्त्री ओलीले उनको गतिविधिका कारण विगतमा पनि चेतावनी दिइसकेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्