Logo

म्यानचेष्टर सिटीमाथि लिभरपुलको तीन गोल



इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीमाथि लिभरपुलले तीन गोल गरेको छ । आइतबार साँझ भएको प्रतिष्पर्धात्मकखेलमा लिभरपुलले पहिलो हाफको १३ मिनेटभित्र दुई गोल गर्यो ।

लिभरपुलका लागि पहिलो गोल फाबिन्होले डि बक्सबाहिरबाट कडा प्रहार गरी दर्शनीय गोल गरे । सलाहले हेडमार्फत् दोस्रो गोल गरे । दोस्रो हाफमा मानेले तेस्रो गोल गरेर टोलीलाई बलियो अवस्थामा पुर्याए । सिटीका लागि बर्नाडो सिल्भाले ७८ औं मिनेटमा दर्शनीय गोल गरे ।

लिगमा सबैभन्दा बढी अंकका साथ अगाडि रहेको लिभरपुल लिगको मुख्य दाबेदार पनि हो । लिभरपुलले अविजित यात्रा कायमै राखेको छ ।



प्रतिक्रिया दिनुहोस्